• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
Latest
★   अतिक्रमित जग्गा फिर्ता ल्याउने काम तीव्र पार्न स्थानीय प्रशासनलाई निर्देशन ★   रञ्जितालाई भेट्न रेशम काठमाडौं आउँदै, कुरा मिले सँगै बस्ने नमिले छुटिने ★   तेस्रो स्थानका लागि आज हङकङसँग खेल्दै नेपाल ★   आफ्नै श्रीमान् रेशमले हालेको मुद्दाले रञ्जितालाई तनाव ★   एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, प्रविधिमैत्री बनाइँदै ★   सगरमाथा आरोहणका लागि ३ सय ५२ ले लिए अनुमति ★   सुनील पौडेल दोषी ठहर, सचिव मरासिनीलाई सफाइ ★   लखनउले चेन्नईलाई आठ विकेटले हरायो ★   भारतले रोक्यो नेपाली चियाको निर्यात ★   ब्रम्हलुट र मनपरितन्त्रको अन्त्य चाहने हो भने ईलामेलि जनताले राप्रपा नेपाललाई रोज्नुपर्छ:- महामन्त्री बर्तौला

अमेरिकाद्वारा नेपाललाई बाल कोभिड-१९ खोपका २२ लाख मात्रा प्रदान



काठमाडौँ । अमेरिकी सरकारले नेपाललाई कोभिड–१९ विरुद्ध लड्न २२ लाख मात्रा बाल खोपको अनुदान प्रदान गर्ने भएको छ ।

५ देखि ११ वर्ष सम्मका बालबालिका लक्षित यी अत्यन्त प्रभावकारी, जीवन रक्षक खोप अमेरिकी जनताको उदारतामार्फत प्रदान गरिएका हुन् र यी खोप हालसम्म अमेरिकाले नेपाललाई प्रदान गरेको फाइजर खोपका २२ लाख ६० हजार मात्रा र जोन्सन एन्ड जोन्सनको एकल–मात्रा खोपको १५ लाख मात्रामा थपिने छन् ।

यस अनुदानले अमेरिका र नेपालबिचको ७५ वर्ष लामो कूटनीतिक सम्बन्धको सम्मान पनि गरेको दूतावासले जनाएको छ । दूतावासले भनेको छ नेपालको स्वास्थ्य क्षेत्रमा अमेरिकाको ऐतिहासिक सहयोगले हाम्रो साझेदारीका सशक्त परिणामहरू प्रतिविम्ब गर्दछ ।

कोभिड–१९ महामारीको सुरुवातदेखि नै यस विरुद्ध लड्न, अत्यावश्यक स्वास्थ्य सेवाहरूको निरन्तरता सुनिश्चित गर्न र यस महामारीका सामाजिक तथा आर्थिक प्रभावहरू – विशेषतः शिक्षा र जीविकोपार्जनमा – न्यूनीकरण गर्न नेपाललाई मद्दत गर्न अमेरिकी सरकारले नेपाल सरकारसँग प्रत्यक्ष रूपमा काम गर्दै आएको जनाएको छ ।

बाल फाइजर खोप अभियानको तयारी स्वरूप अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएआईडीले उक्त खोप लगाउने विषयमा ५६ जिल्लाहरूमा अग्रपङ्क्तिका स्वास्थ्यकर्मीहरूलाई प्रशिक्षण प्रदान गर्न नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सहयोग गरेको जनाएको छ ।

विश्वव्यापी रूपमा अमेरिकाले ११५ विकासोन्मुख देशहरूलाई १ अर्ब १० करोडभन्दा बढी कोभिड–१९ खोपको अनुदान प्रदान गर्ने वाचा गरेको छ र ५० करोडभन्दा बढी मात्रा उपलब्ध गराइसकेको छ । ४ अर्ब अमेरिकी डलरको योगदान गर्ने अमेरिका विश्वव्यापी खोप पहल कोभ्याक्सको सर्वाधिक ठुलो द्विपक्षीय दाता पनि हो ।

विश्वव्यापी कोभिड-१९ प्रतिकार्यको नेतृत्व गर्न अमेरिका प्रतिबद्ध छ किनकि यो सही कार्य हो र यसले अमेरिकी र नेपाली हामी सबैलाई एकैनासले सुरक्षित बनाउने र यस महामारीको अन्त्य गर्न नेपालसँग सहकार्य गरेकोमा हामीलाई गर्व छ दूतावासले भनेको छ ।