२० आश्विन २०८१, आईतवार
,
Latest
विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता खाद्य कम्पनीबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु, १४ सय खसीबोका र ३ सय च्याङ्ग्रा विक्री… स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने सागर ढकाल १५ लाखमा पोखरामा अनुबन्धित अनिल १५ लाखमा जनकपुरमा प्रधानमन्त्री उद्धार कोषमा एमालेको पचास लाख हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा जी , तपाईंकी श्रीमतीलाई हराएको रिस हामीलाई पोखेको हो : नारदमुनि राना



अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता एवम सांसद नारदमुनि रानाले प्रधानमन्त्री शेर बहादुर देउवालाई पत्नी आरजु राणालाई चुनावमा हराएकोमा रिस पोखेको आरोप लगाएका छन् । 

सोमबार सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा राना थारु समुदायले आयोजना गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै रानाले सो कुरा बताएका हुन् ।

‘शेर बहादुर देउवा जी तपाईंकी श्रीमतीलाई चुनावमा हराएको रिस पोखेको हो र ?’, उनले विरोध सभाबाटै प्रश्न गरे, ‘चुनावी सभालाई सम्बोधन गर्दै धनगढी उर्मामा तपाईंले नै वाचा गर्नुभएको थियो सरकारी कामकाजको भाषा बनाउँछु भनेर। अहिले किन आफ्नै वाचा पूरा गर्नु भएन ?’ 

विरोध सभालाई सम्बोधन गर्दै रानाले देउवा सरकारको ठाडो निर्देशनमा राना थारु भाषालाई सूचिबाट हटाइएको आरोप लगाए।

‘सबै प्रक्रिया पुर्याएर हामीले भाषा आयोगमा कागजात पुर्याएका थियौँ, त्यहाँबाट पनि सरकारी कामकाजी भाषाको मान्यता दिइने आश्वासन आएको थियो’, रानाले भने, ‘हामी उत्साहित थियौँ तर प्रधानमन्त्री शेर बहादुर देउवाको ठाडो आदेशमा हाम्रो भाषालाई छुटाइयो, हामीलाई कुनै पनि हालतमा स्वीकार्य हुँदैन।’

सुदूरपश्चिम प्रदेशमा डोटयाली, थारु, बैतडीले, अछामी र बझाङ्गी भाषालाई स्थान दिइएपनि राना थारु भाषा भने त्यसमा समेटिएको छैन। 

नेपाल राना थारु समाजको केन्द्रीय समितिले भाषा आयोगले सिफारिस गर्न छुटाएको राना थारु भाषालाई सरकारी कामकाजको भाषाको रूपमा मान्यता दिन आग्रह गरेको थियो। 

सुदूरपश्चिम प्रदेशमा करिब तीन लाखभन्दा बढी राना थारु समुदायका नागरिकको बसोबास रहेको भन्दै उनीहरूले भाषा आयोगको उक्त प्रतिवेदन प्रति विरोधसमेत जनाएका छन्।




भर्खरै