• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo

दुर्गा प्रसाईंलाई दुबईका अधिराजकुमारले दिए सुनको लौरो उपहार



झापा । त्रिदिवशीय नेपाल भ्रमणमा रहनुभएका संयुक्त अरब इमिरेट्स (यूएई) का अधिराजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले नेकपा एमालेका केन्द्रीय सदस्य एवम् व्यवसायी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिनुभएको छ ।

श्री एरलाइन्सको चार्टर विमानमार्फत झापास्थित चन्द्रगढी विमानस्थल पुग्नुभएका अधिराजकुमारले आफूलाई स्वागत गर्न आउनुभएका प्रसाईंलाई सुनको लौरो हस्तान्तरण गर्नुभएको हो ।

उहाँ पूूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुग्नुभएको हो ।

व्यवसायी प्रसाईंको विशेष निमन्त्रणामा अधिराजकुमार नेपाल आउनुभएको हो । उहाँले झापासँगै काठमाडौं र पोखराको पनि भ्रमण गर्ने कार्यतालिका रहेको बीएण्डसी अस्पतालले जनाएको छ ।