२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसमा जान पाउने माग गर्दै सांसद पाण्डे र भट्टले दायर गरेको रिटको सुनुवाइ हुँदै



अ+ अ-

काठमाडौं । नेकपा एमाले छाडेर  नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्ध हुन पाउनुपर्ने माग गर्दै एमालेका दुई सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टको दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ । 

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासमारिटको पेसी तोकेको छ । प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रियसभा सदस्य भट्टले निर्वाचन आयोगलाई विपक्षी बनाउँदै समाजवादी पार्टीमा आबद्ध हुन पाउनु पर्ने अन्तरिम आदेश माग सहित रिट निबेदन दर्ता गर्नुभएको थियो । 

गत आईतबार  रिटको  सुनुवाइ गर्दै न्यायाधीश मिरा खड्काको एकल इजलासले अन्तरिम आदेश दिने नदिनेबारे छलफल गर्न आज दुबै पक्षलाई बोलाउने र त्यतिञ्जेल कारवाही नगर्न अन्तरिम आदेश दिएको थियो । आज रिटको सुनुवाई भएको अवस्थामा उहाँहरु समाजवादीमा जान पाउने वा एमाले मै रहने भन्ने टुङ्गो लाग्ने छ ।  

नेकपा (एकीकृत समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निबेदन दिदा उहाहरुले हस्ताक्षर गर्नुभएको थिएन । पछि सनाखत गर्ने समयमा आयोगमा उपस्थित हुँदा आयोगले सनाखतका लागि अस्वीकार गरेको थियो ।