४ असार २०८३, बिहीबार
,
Latest
आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला रास्वपा महाधिवेशनका प्रतिनिधि टुंग्याउने तयारी तीव्र, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु कानुन निर्माणको प्राथमिकताबारे श्रममन्त्री यादवसँग मन्त्री गौतमको छलफल सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट विद्युत् परियोजनामा पारदर्शिता बढाउन सूचनापाटी राख्न ऊर्जा मन्त्रीको सुझाव निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे अधिकार सम्पन्न यातायात प्राधिकरण गठन नभएसम्म सुधार सम्भव छैन ई–पासपोर्ट खरिद प्रकरण: अनुसन्धानको लागि पूर्व परराष्ट्रमन्त्री आरजुलाई पत्र संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्राथमिकता ? राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसमा जान पाउने माग गर्दै सांसद पाण्डे र भट्टले दायर गरेको रिटको सुनुवाइ हुँदै



अ+ अ-

काठमाडौं । नेकपा एमाले छाडेर  नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्ध हुन पाउनुपर्ने माग गर्दै एमालेका दुई सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टको दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ । 

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासमारिटको पेसी तोकेको छ । प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रियसभा सदस्य भट्टले निर्वाचन आयोगलाई विपक्षी बनाउँदै समाजवादी पार्टीमा आबद्ध हुन पाउनु पर्ने अन्तरिम आदेश माग सहित रिट निबेदन दर्ता गर्नुभएको थियो । 

गत आईतबार  रिटको  सुनुवाइ गर्दै न्यायाधीश मिरा खड्काको एकल इजलासले अन्तरिम आदेश दिने नदिनेबारे छलफल गर्न आज दुबै पक्षलाई बोलाउने र त्यतिञ्जेल कारवाही नगर्न अन्तरिम आदेश दिएको थियो । आज रिटको सुनुवाई भएको अवस्थामा उहाँहरु समाजवादीमा जान पाउने वा एमाले मै रहने भन्ने टुङ्गो लाग्ने छ ।  

नेकपा (एकीकृत समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निबेदन दिदा उहाहरुले हस्ताक्षर गर्नुभएको थिएन । पछि सनाखत गर्ने समयमा आयोगमा उपस्थित हुँदा आयोगले सनाखतका लागि अस्वीकार गरेको थियो ।