५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद भट्टराईद्वारा प्राकृतिक प्रकोप व्यवस्थापनका लागि पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडौं । नेकपा(एमाले)का सांसद योगेश भट्टराईले प्राकृतिक प्रकोप व्यवस्थापनका लागि पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा समय माग गरी बोल्दै सांसद भट्टराईले मनुसुनको समयमा बाढी, पहिरो र डुबानको घटनाहरु घट्ने भएकाले यसको व्यवस्थापनको निम्ति पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले गृह मन्त्रालय अन्र्तगतको विपद् व्यवस्थापन गर्ने निकायलाई क्रियाशिल अवस्थामा राख्न र मौसम पूर्वानुमान गर्ने निकायहरुले पनि मौसम पूर्वानुमान गरी जोखिमपूर्ण बस्तीहरुलाई सुरक्षित स्थानमा सार्नेतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले गएराति ताप्लेजुङ जिल्लामा वर्षाको कारण धनजनको क्षति भएकोले सरकारसँग क्षतिपूर्तिको माग समेत गर्नुभयो । उहाँले भन्नुभयो – ‘गएको रातको वर्षाले ताप्लेजुङका विभिन्न ठाउँमा ठुलो मात्रामा अलैचि बारीहरुको क्षति भएको छ । अन्य खेती बालिको पनि क्षति भएको छ । पशु, चौपायहरुको क्षति भएको छ । म सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहान्छु, पीडितहरुको आवश्यक राहत र उद्धारको निम्ति म ध्यानाकर्षण गराउन चाहान्छु साथै मृत्यु भएका व्यक्तिहरुको क्षतिपूर्तिको निम्ति, उनीहरुको काजक्रियाको निम्ति आवश्यक सहयोग गर्नको निम्ति पनि भन्न चाहान्छु ।

शिघ्र उपचारको व्यवस्थाको निम्ति भन्न चाहान्छु । गएको रातिको अविरल वर्षाले तमोर नदिमा पानीको बहाव असाध्यै बढ्यो । सतह पनि बढ्न गई त्यस वरपरका सयौँ मानिसहरु स्कुलमा आपतकालिन ढंगले बस्नुपर्ने अवस्था सिर्जना भएको छ । त्यसतर्फ पनि म गम्भिर ध्यानाकर्षण गर्न चाहान्छु । मनसुन सुरु हुँदैछ, बाढी, पहिरो, डुबानका प्रकोपहरु दिनदिनै बढ्दै जाँदैछन् ।

यसतर्फ पूर्वतयारीको निम्ति सरकारको ध्यानाकर्षण गराउन चाहान्छु, विपद् व्यवस्थापन गर्ने निकाय छ गृहमन्त्रालय मातहत त्यसको तदारुकताका साथ क्रियाशिल हुनुपर्ने अवस्था आएको छ । मौसम पूर्वानुमान गर्ने एजेन्सीहरुले जोखिमपूर्ण बस्तीहरुलाई पूर्वअनुमान गर्ने र सुरक्षित ठाउँमा स्थानान्तरण गर्नेतिर पनि सरकारको गम्भिर ध्यान जाओस् ।’