२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापतिलाई समितिमा बोलाएकामा सुजाताको आपत्ति



अ+ अ-

काठमाडौँ । पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले संसदीय समितिमा छलफलका लागि प्रधानसेनापतिलाई बोलाएकोप्रति आपत्ति प्रकट गर्नुभएको छ ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले शुक्रबार अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्बन्धमा छलफल गर्न प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएको थियो ।

नेत्री कोइरालाले एसपीपीसम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा नारायण खड्का र स्वयं प्रधानसेनापति शर्माले स्पष्ट पार्दासमेत प्रधानसेनापतिलाई संसदीय समितिको बैठकमा बोलाउनु आपत्तिजनक भएको बताउनुभयो ।

मुलुकको प्रधानसेनापतिलाई यसरी समितिको बैठकमा बोलाउँदा कारबाही गरेजस्तो भएको भन्दै उहाँले यस्ता क्रियाकलापबाट अरु मुलुकले के भन्छन् भनी प्रश्न गर्नुभयो ।

धेरै राष्ट्रवादी कुराले मुलुकको विकास हुँदैन भन्दै उहाँले समितिमा धेरै राष्ट्रवाद देखिएको टिप्पणी गर्नुभयो । नेपाली सेना चीन पनि गएको छ तर सोबारे कुनै कुरा नहुने गरेको उहाँले बताउनुभयो । “जब भारत र अमेरिकाको कुरा आउँछ, अनि नेपाल अफगानिस्तान बन्छ भनिन्छ”, उहाँले प्रश्न गर्नुभयो, “यस्तो आशंका किन गरिन्छ ?”

यद्यपि समितिका सभापत पवित्रा निरौला खरेलले एसपीपीका सम्बन्धमा सडक र संसदमा नै  कुरा उठिसकेपछि प्रधानसेनापतिलाई छलफलका लागि बोलाइएको भन्दै कारवाहीका लागि नभएको स्पष्ट पार्नुभयो ।