• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   रन्जिताविरुद्ध रेशमको मुद्दामा मिसिल झिकाउन आदेश ★   सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई सम्मानित ★   हैदराबादको प्रदर्शनले निराश देखिएकी को हुन् यी सुन्दरी ? ★   भारतको केन्द्रिय बैंकद्वारा निजी बैंकमाथि सुपरभाइजरी कारबाही गर्ने घोषणा ★   संविधान र कानूनमा भएको व्यवस्था जनतालाई बुझाउन नसक्दा कार्यान्वयनमा समस्या भयो: मन्त्री शर्मा ★   पृथ्वी राजमार्ग सडक विस्तारमा दिनरातै काम ★   बचतकर्ताको रकम फिर्ता गर्नेगरी सरकारले काम गर्छ – गृहमन्त्री लामिछाने ★   चितुवाको आक्रमणबाट एक जना घाइते ★   जब आईपीएलले रजत पाटिदारको विवाह नै रोक्यो ★   महोत्तरीका आगलागी पीडितको गुनसो: प्रदेश र संघ सरकारले बेवास्ता गरे

एमसीसी आईपीएसकै अंग भएको वामदेवको दाबी



काठमाडौँ । राष्ट्रियसभाका सदस्य वामदेव गौतमले अमेरिकी सहायता कार्यक्रम (एमसीसी) इन्डो प्यासिफिक स्ट्राटेजी (आईपीएस) कै अंग भएको दाबी गर्नुभएको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकमा उहाँले एमसीसी आईपीएसकै अंग भएको जिकिर गर्दै नेपाललाई प्रतिबद्ध बनाउन र देशव्यापी विरोधलाई मत्थर पार्न मात्र १२ बुँदे व्याख्यात्मक घोषणा गरिएको बताउनुभयो ।

एमसीसीले नेपाललाई नैतिक बन्धनमा राख्ने तर अमेरिकालाई कुनै नैतिक बन्धन नहुने उहाँको भनाइ थियो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवामा जे गर्नु नपर्ने काम हुन्छन् त्यस्ता काम मात्र गर्ने चरित्र रहेको आरोप लगाउनुभयो ।

एमसीसी सम्झौता गर्न नहुने थियो तर देउवाले गराएरै छाड्नुभयो भन्दै नेता गौतमले अहिले पनि स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौतामा पनि उहाँ तयार भइसक्नुभएको बताउनुभयो । यस्ता कार्यले स्वयं प्रधानमन्त्री देउवालाई मात्र नभएर नेपाली कांग्रेसलाई पनि नोक्सान हुने उहाँको भनाइ थियो ।

जे जस्तो सहायता आउँछ त्यसमा सहमति जनाइहाल्ने स्वभाव प्रधानमन्त्री देउवामा रहेको उहाँले बताउनुभयो । संसद्मा समयमै कुरा उठेकाले मात्र एसपीपीबाट नेपाल जोगिएको उहाँले बताउनुभयो ।