८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुनः कम्युनिष्ट एकीकरण अभियानमा लाग्ने वामदेवको घोषणा



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले कम्युनिष्ट पार्टीहरुको एकीकरण प्रयासमा आफू पुनः जुट्ने घोषणा गर्नुभएको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकमा नेता गौतमले केही समयमा घोषणा गरेर नै एकीकरण प्रयासमा लाग्ने बताउनुभयो ।

एकीकरण भइसकेको कम्युनिष्ट पार्टी तीन टुक्रा भइसकेको उल्लेख गर्दै उहाँले आफूले पुनः कम्युनिष्ट आन्दोलनलाई एकीकरण गर्ने महाअभियानमा लाग्ने मनसाय बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “एकीकरण प्रयास सफल हुन्छ/हुन्न थाहा छैन ।”

नेपाल कम्युनिष्ट पार्टी विभाजन भएपछि आफू कुनै पनि पार्टीमा नरहेको उहाँको भनाइ थियो । कम्युनिष्टहरु एक हुनुपर्ने आफ्नो विचार रहेको उहाँले सुनाउनुभयो । कम्युनिष्ट पार्टी एक हुनुपर्छ भनेर नै आफूले कुनै पनि कम्युनिष्ट पार्टीका नेताको आलोचना नगरेको गौतमको भनाइ थियो ।