२० मंसिर २०८२, शनिबार
,
Latest
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा प्रधानमन्त्रीको खोजी, प्रधानमन्त्री अन्य कार्यक्रममा व्यस्त



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बैठकको कार्यसूचीअनुसार प्रधानमन्त्री कार्यालय र ​रक्षा मन्त्रालयका लागि विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने पालो थियो ।

रक्षा मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो मन्त्रालयका लागि उठेका प्रश्नको जवाफ दिनुपर्ने थियो तर प्रधानमन्त्री देउवाले सो मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिन गृहमन्त्री बालकृष्ण खाणलाई पठाउनुभयो ।

बैठकमा गृहमन्त्री खाण रक्षा मन्त्रालयसँग सम्बन्धित सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिन उपस्थित भएपछि सांसदहरुले प्रधानमन्त्रीको खोजी गरे । सम्बन्धित मन्त्रालयको जवाफ पनि सम्बन्धित मन्त्रीले नै दिनुपर्ने भन्दै उनीहरुले सदनमा प्रधानमन्त्री उपस्थित भएर जवाफ दिनुपर्ने माग गरे ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का प्रेम सुवालले सदनमा प्रधानमन्त्री किन उपस्थित नहुनुभएको भनेर प्रश्न गरे । उनले प्रधानमन्त्री सदनमा उपस्थित हुन नसक्ने कारण माग गरे । उनले भने, “यदि प्रधानमन्त्री बिरामी पर्नुभएको हो भने अहिले कुन अस्पतालमा हुनुहुन्छ र चिकित्सकले उहाँलाई कस्तो औषधि सिफारिस गरेका छन्, यसबारे सदनलाई जानकारी गराइयोस् ।”

त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री सदनमा उपस्थित हुननसक्ने बारे पत्र आएको उल्लेख गर्दै प्रधानमन्त्रीको कार्यव्यस्तताले गर्दा गृहमन्त्री खाणलाई जवाफ दिन पठाएको जानकारी दिए ।

यता प्रधानमन्त्री देउवा भने सो समयमा नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको व्यापार मेलाको उद्घाटन गर्दै हुनुहुन्थ्यो । उहाँमा त्यस्तो कुनै बिरामको लक्षण देखिएको पनि थिएन ।

सो कार्यक्रमपछि आजै उहाँ गैरआवासीय नेपाली संघले आयोजना गरेको सम्मेलनको समापनका लागि र्‍याडिसन होटलमा आयोजना हुने कार्यक्रममा सरिक हुँदै हुनुहुन्छ ।