४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

संसदमा प्रधानमन्त्रीको खोजी, प्रधानमन्त्री अन्य कार्यक्रममा व्यस्त

संसदमा  प्रधानमन्त्रीको खोजी, प्रधानमन्त्री अन्य कार्यक्रममा व्यस्त
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बैठकको कार्यसूचीअनुसार प्रधानमन्त्री कार्यालय र ​रक्षा मन्त्रालयका लागि विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने पालो थियो ।

रक्षा मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो मन्त्रालयका लागि उठेका प्रश्नको जवाफ दिनुपर्ने थियो तर प्रधानमन्त्री देउवाले सो मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिन गृहमन्त्री बालकृष्ण खाणलाई पठाउनुभयो ।

बैठकमा गृहमन्त्री खाण रक्षा मन्त्रालयसँग सम्बन्धित सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिन उपस्थित भएपछि सांसदहरुले प्रधानमन्त्रीको खोजी गरे । सम्बन्धित मन्त्रालयको जवाफ पनि सम्बन्धित मन्त्रीले नै दिनुपर्ने भन्दै उनीहरुले सदनमा प्रधानमन्त्री उपस्थित भएर जवाफ दिनुपर्ने माग गरे ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का प्रेम सुवालले सदनमा प्रधानमन्त्री किन उपस्थित नहुनुभएको भनेर प्रश्न गरे । उनले प्रधानमन्त्री सदनमा उपस्थित हुन नसक्ने कारण माग गरे । उनले भने, “यदि प्रधानमन्त्री बिरामी पर्नुभएको हो भने अहिले कुन अस्पतालमा हुनुहुन्छ र चिकित्सकले उहाँलाई कस्तो औषधि सिफारिस गरेका छन्, यसबारे सदनलाई जानकारी गराइयोस् ।”

त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री सदनमा उपस्थित हुननसक्ने बारे पत्र आएको उल्लेख गर्दै प्रधानमन्त्रीको कार्यव्यस्तताले गर्दा गृहमन्त्री खाणलाई जवाफ दिन पठाएको जानकारी दिए ।

यता प्रधानमन्त्री देउवा भने सो समयमा नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको व्यापार मेलाको उद्घाटन गर्दै हुनुहुन्थ्यो । उहाँमा त्यस्तो कुनै बिरामको लक्षण देखिएको पनि थिएन ।

सो कार्यक्रमपछि आजै उहाँ गैरआवासीय नेपाली संघले आयोजना गरेको सम्मेलनको समापनका लागि र्‍याडिसन होटलमा आयोजना हुने कार्यक्रममा सरिक हुँदै हुनुहुन्छ ।