२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यवसायी राजेश बाबुलाई अष्ट्रिया सरकारको डेकोरेसन अफ अनर इन सिल्भर पदक ग्रहण गर्न सरकारले दियो स्वीकृति



अ+ अ-

काठमाडौँ । नेपालका लागि अष्ट्रियाका अवैतनिक वाणिज्यदूत राजेशबाबु श्रेष्ठलाई अष्ट्रिया सरकारबाट प्रदान गरिने डेकोरेसन अफ अनर इन सिल्भर पदक ग्रहण गर्न स्वीकृति दिएको छ।

जेठ ३१ गते मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अष्ट्रिया सरकारले प्रदान गर्ने सो पदक ग्रहण गर्न स्वीकृति दिएको हो ।

श्रेष्ठका बुबा लक्ष्मणबाबु श्रेष्ठले सन् २००२ मा डेकोरेसन अफ अनर इन गोल्ड पदक पाएका थिए ।