४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

बागलुङका सोह्र सडक योजनालाई १८ करोड बजेट

बागलुङका सोह्र सडक योजनालाई १८ करोड बजेट
अ+ अ-

गलकोट । बागलुङ जिल्लाका १६ साना ठूला सडक योजनालाई सङ्घीय सरकारका विभिन्न मन्त्रलयबाट आगमी आर्थिक वर्षका लागि रु १८ करोड ६५ लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।

बागलुङ–१ अन्र्तगतका १६ नयाँ तथा पूराना सडक, स्तरोन्नती, पूर्वाधार र कालोपत्रेका लागि बजेट बिनियोजन भएको छ । सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय र शहरी विकास मन्त्रालय अन्र्तगत १६ सडक ओजनाका लागि आर्थिक वर्ष २०७९/०८० का लागि उक्त बजेट बिनियोजन भएको बागलुङ–१ का सङ्घीय सांसद डा सूर्य पाठकले जानकारी दिनुभयो ।

उहाँका अनुसार विभिन्न अधुरा सडक पूरा गर्न, भौतिक पूर्वाधार निर्माण गर्न, सडकको पहिरो नियनत्रण गर्न र केही सडक कालोपत्रे गर्नका लागि बजेट बिनियोजन भएको जानकारी दिनुभयो ।

यसैगरी मध्यपहाडी राजमार्गको अछेते–सलाम हुँदे स्वास्थ्य केन्द्र मुलठाना पुग्ने सडक स्तरोन्नतीका लागि रु एक करोड, बागलुङ बजार–तित्याङ–शान्तिपूर सडक मर्मतका लागि रु ५० लाख, बागलुङ–१० गलुवा हुँदै तल्लो गलुवा–काउँरेडाँडा–देउराली हुँदै अर्वादी सडकका लागि रु ५० लाख, बागलुङ नगरपालिका–१ मालढुङ्गा–पाग्दा–लहरेबर हुँदै अमलाचौर जोड्ने सडक स्तरोन्नतीका लागि रु एक करोड बिनियोजन भएको छ ।

यस्तै कुश्मिशेरा–जैदी–ज्यामीरे–नाम्दुक हुँदै शान्तिपुर जोड्ने सडक स्तरोन्नतीका लागि रु एक करोड, बागलुङ–डाँठे ताल बानपा–१० भकुण्डे हुँदै रायडाँडा पुग्ने सडकका लागि रु ५० लाख र बागलुङ गिठे अमलाचौर हुँदै पैयुपाटा सडक स्तरोन्नतीका लागि रु ५० लाख बिनियोजन गरिएको छ ।

यस्तै एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक अन्र्तगतको बागलुङ बजारको अदालत चौपारी–सिगाना–चापाखर्क–गाँजाको दह हुँदै बरेङ शान्तिपुर जोड्ने सडक कालोपत्रेका लागि रु पाँच करोड विनियोजन भएको छ । उक्त सडकको पहिलो चरणमा १० किलोमिटर सडक बागनपा–३ देखि सिगानासम्मको १० किलोमिटर सडक कालोपत्रेका लागि बहुवर्षे ठेक्का प्रकृयामा गइसकेको छ ।

यस्तै प्रदेश अन्र्तगत काम हुँने स्थानीय सडक सञ्जाल सुधार कालोपत्रे अदालत चौपारी–तित्याङ–सालबोट, भकुण्डे, रायडाँडा हुँदै दमेक र बरेङ जोड्ने सडक कालोपत्रेका लागि रु तीन करोड बजेट बिनियोजन भएको छ ।

यस्तै आगमी आर्थिक वर्षमा शहरी विकास मन्त्रालय अन्र्तगत बागलुङको जैमिनी नगरपालिकाको तल्लो सडक स्तरोन्नतीका लागि रु ९७ लाख, जैमिनी नगरपालिका–१ आहार चौर हुँदै भण्डार सडक स्तरोन्नतीका लागि रु एक करोड, पैयूपाटा–जलजला–भैरवस्थान सडक क्रमागत योजना अन्र्तगत कालोपत्रेका लागि रु एक करोड र बागलङ नगरपालिका–१२ अमलाचौर, छापाखोला सडक स्तरोन्नतीका लागि रु ४८ लाख ५० हजार रकम बिनियोजन गरिएको छ ।

यस्तै बागलुङ तित्याङ–निफन्नी–भकुण्डे सडक स्तरोन्नती गर्न रु दूई करोड, करिडोर धुरपुला–तालकुना सडक मर्मतका लागि ४८ लाख र बुकेनी–मनकामना–गैराफाँट हुँदै बौडैचौर पुग्ने सडकका लागि रु २३ लाख ५० हजार बजेट बिनियोजन गरिएको छ । बजेट साउन लगत्तै कार्यान्वयनमा जाने सङ्घीय सांसद पाठकले जानकारी दिनुभयो ।

सडकमा परेको बजेट कार्यान्वयनमा गएसँगै ग्रामिण सडक, रणनैतिक योजना, बहुवर्षे, क्रमागतका योजनाले सार्थकता पाउने र जनतालाई यातयातको क्षेत्रमा सहज हुँने उहाँको भनाइ छ ।