२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकासँग एसपीपी सम्झौता हुँदैछ भन्ने प्रचार झुटो: प्रचण्ड



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौता हुँदैछ भन्ने प्रचार झुटो रहेको बताउनु भएको छ ।

रितवहादुर खड्का स्मृति दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले भन्नुभयो अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम ९एसपीपी० सम्झौता कुनै पनि हालतमा हुदैन ।

दाहालले राष्ट्रवादनाममा झुटो प्रचार भइरहेको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो ‘अहिले राष्ट्रवादको झुटो र पाखण्डी प्रचार हुँदैछ । हिजो जसले आत्मसमर्पण गरेर आज उनीहरु नै एसपीपी हुँदैछ रे भनेर भइनै सक्यो जसरी प्रचार गर्दैछन्,त्याे बिल्कुल झुटो हो । गठबन्धनमा भएको छलफलमा त्यस्तो कुनै सम्झौता भाएको छैन र हुँदैन भनेर प्रधानमन्त्रीले भन्नुभएको छ ।’

अध्यक्ष दाहालले एसपीपीको कार्यन्वयन गर्ने काम गर्ने २०१९ मा केपी ओली सरकारले गरेको समेत दाबी गर्नुभयो । उहाँले भन्नुभयो ‘बरु यो एसपीपी सम्झौता कार्यान्वयन गर्ने सहमति २०१९ मा केपी ओली नेतृत्वको सरकारले गरिसकेको तथ्य इतिहासमा छ । यो कुरा हामी सवैले बुझ्न जरुरी छ।’