२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसमा कारवाही: अन्तरघात गरेको भन्दै मोरङमा ५ नेताको बर्खास्ती



Nepali Congress
अ+ अ-

काठमाडौं । नेपाली काँग्रेस मोरङले स्थानीयतहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै जिल्ला स्तरिय ५ नेतालाई कारवाही गरेको छ ।

नेपाली कांग्रेस मोरङका अनुसार बिराटनगर महानगरपालीका वार्ड १७ स्थानीय तह निर्वाचन २०७९ मा पार्टीका तर्फबाट अध्यक्ष पदका उम्मेदवार असलम आलमलाई पराजय गराउनका लागि भूमिका खेलेको भन्दै महासमिति सदस्य हसन अंसारी सहित अन्य ४ जनालाई कारबाही गरेको हो ।

पार्टीको सााधारण सदस्य समेत नरहने गरी कारबाही गरिएकाहरुमा नेपाल मुस्लिम संघ एक नं प्रदेशका कोषाध्यक्ष अबिद अलि अंसारी , मुस्लिम संघ मोरङका अध्यक्ष आजाद आलम,मोरङ क्षेत्र न. ५का सह सचिव रोसन आलम र प्रदेश अधिवेशन प्रतिनिधी मोरङ क्षेत्र नं ५प्रदेश नं १ का सहिउल्ला (सलिम ) रहेका छन् ।

उनिहरुलाई कारबाही गरिएको बारे पार्टीका नगर वडा समितिका अध्यक्ष एहशन आलामले केन्द्रिय कार्यालयलाई जानकारी गराउनु भएको छ ।