२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसपीपी सम्झौताबारे आज संसदमा मन्त्रीहरुले स्पष्ट गर्नै



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सरकारसँग स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता गर्ने भएपछि त्यसको विरोधमा सत्तारुढ दल तथा विपक्षी दलहरु लागेका छन् । यो समाचारका कारण सत्ता गठबन्धनमा नै संकट आउने देखिएको छ । त्यसो त प्रधानमन्त्री शेरबहादुर देउवाले यसपटकका लागि सो सम्झौता नगर्ने पक्षमा पुगेको पनि समाचार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री देउवाले आफ्नो अमेरिका भ्रमणमा एसपीपी सम्झौता गर्ने समाचार आएपछि व्यापक विरोध भएको हो । अहिले पनि सो विरोध भइरहेको छ । त्यो पनि सत्तारुढ दलभित्रै धेरै विरोध भएपछि प्रधानमन्त्रीले सरकारमाथि नै दखल पर्न जाने आँकलन गरेर यस विषयमा पुनर्विचार गर्न लागेको बुझिएको छ ।

यसैबीच आजै यसबारे उठेका आशंका र प्रश्नहरूमा प्रधानमन्त्रीका तर्फबाट संसद्मा मन्त्रीहरूले जवाफ पनि दिने भएका बताइएको छ । यस सम्झौतका विषयमा देशमा धेरै नै हल्ला मच्चिएपछि यससम्बन्धी सत्य तथ्य बाहिर ल्याउन सरकार लागेको र आज संसदमा बोल्ने क्रममा मन्त्रीहरुले यसको बचाउमा बोल्न भनिएको बुझिएको छ ।

उता प्रतिनिधिसभा बैठकमा मंगलबार परराष्ट्रमन्त्री नारायण खड्काले पनि एसपीपी हिन्द–प्रशान्त रणनीतिको हिस्सा नभएको भन्दै सम्झौता हुन सक्ने संकेत गरेका थिए । मन्त्री खड्काको यो जवाफपछि पनि उक्त सम्झौताको झन् विरोध भएको छ ।