७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

मंसिर पहिलो सातासम्म प्रदेश र संघीय निर्वाचन गर्ने गरी तयारी थाल्दै आयोग

मंसिर पहिलो सातासम्म प्रदेश र संघीय निर्वाचन गर्ने गरी तयारी थाल्दै आयोग
file
अ+ अ-

काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी मंसिर महिनाको पहिलो सातासम्म प्रदेश र संघीय निर्वाचन गर्ने गरी तयारी थालेको छ ।

मंगलवार पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आसन्न प्रदेश र संघको निर्वाचन आगामी मंसिर महिनाको पहिलो सातासम्म गर्ने गरेर आयोगले आन्तरिक तयारी थालेको बताउनुभएको हो । उहाँले आयोगले एकै चरणमा निर्वाचन गर्दा मंसिरको पहिलो सातासम्म निर्वाचन गर्ने गरी आन्तरिक तयारी गरेको पनि बताउनु भयो । प्रवक्ता पौडेलले आयोगले सरकारलाई निर्वाचन कानूनबमोजिम दिएको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने भएकोले आयोगले आन्तरिक तयारी गरिरहेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘आयोगको आन्तरिक र अनौपचारिक छलफलमा अहिले पनि आयोग एकै चरणमा निर्वाचन हुनुपर्छ भन्नेमा नै छ । एकै चरणमा निर्वाचन गर्दा मंसिरको पहिलो सातासम्म निर्वाचन गर्ने गरी आन्तरिक तयारी गरेको छ । यस सम्बन्धमा आयोगले सरकारलाई निर्वाचन कानूनबमोजिम आयोगको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने भएकोले आयोगले परामर्श गरिरहेको छ ।’

उहाँले निर्वाचन आयोग, नेपालले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई मध्यनजर गरी असार १ गतेदेखि मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्यक्रम शुरु गर्ने बताउनु भयो । प्रवक्ता पौडेलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको मिति निकट भविष्यमा घोषणा हुने स्म्भावनालाई मध्यनजर गरेर असार १ गतेदेखि सबै निर्वाचन कार्यालयहरु र सबै जिल्ला प्रशासन कार्यालय एवं ७३ वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्यक्रम शुरु गर्न लागेको बताउनु भयो ।

उहाँले हाल अस्थायी बसोवास गरिरहेकै जिल्लाको निर्वाचन कार्यालय गइ मतदाता नामावली दर्ता गर्न सकिने पनि उल्लेख गर्नुभयो । प्रवक्ता पौडेलका अनुसार मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्ममिति लगायतका विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा आवश्यक निर्णय गरी त्रुटी सच्याउन सक्नेछन् । कुनै मतदाताले झुटो विवरण दिइ मतदाता नामावलीमा नाम समावेश गरेको भनि नाम मतदाता नामावलीबाट हटाउनका लागि कुनैपनि व्यक्तिले प्रमाणसहित उजुरी दिएमा नाम दर्ता अधिकारी (निर्वाचन अधिकार) ले छानबिन गरी नाम हटाउने सम्बन्धमा निर्णय गर्न सक्ने व्यवस्था गरेको पनि बताउनु भयो ।

प्रवक्ता पौडेलका अनुसार कुनै मतदाताले विवाह वा बसाई सरेको कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा साविकमा नाम दर्ता भएको जिल्ला वा नाम सार्न चाहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने, निवेदन दर्ता भएको कार्यालयले प्राप्त निवेदनउपर आवश्यक निर्णय गरी अर्को जिल्लासँग सम्बन्धित भए सम्बन्धित जिल्लामा आवश्यक प्रमाणसमेत स्क्यान गरी पठाउन सक्ने, कुनै मतदाताले आफ्नो नाम रहेको मतदाता स्थलबाट पायक पर्ने सोही वडाको मतदान स्थलमा नाम सार्न निवेदन दिएमा सोही बमोजिम स्थानान्तरण गर्न सक्ने, मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि कुनै व्यक्तिले इमेल वा फ्याक्समार्फत निर्वाचन कार्यालयमा निवेदन दिए त्यस्तो निवेदन प्रमाण कागजात हेरी प्रमाण पुगेको आधारमा सम्बन्धित नाम दर्ता अधिकारी निर्वाचन अधिकारीले नामावली अद्यावधिक गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै आयोगले मिति २०७३÷१०÷२० भन्दाअघि दर्ता भइ नागरिकतामा उल्लेखित ठेगाना भन्दा फरक ठेगानामा मतदाता नामावली रहेको व्यक्तिले नागरिकतामा उल्लेखित ठेगानामा नै मतदाता नामावली सारिपाउन निजको मतदाता नामावलीको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिएमा निजको नाम सो जिल्लाको मतदाता नामावलीबाट निजको नागरिकतामा उल्लेखित ठेगाना भएको स्थानीय तहको वडामा सार्ने व्यवस्था मिलाउने, कुनै मतदाताको मृत्यु भएको वा नागकिरता त्याग गरेको वा विवाह वा बसाईसराई गएको कारण मतदाता नामावलीबाट नाम हटाउनको लागि निवेदन प्राप्त भएमा नाम दर्ता अधिकारीले प्रचलित कानून बमोजिम प्रत्येक महिना निर्वाचन कार्यालय र सम्बन्धित वडा कार्यालयमा ७ दिनको समय दिई सूचना पास गर्ने व्यवस्था मिलाउने, यस्तो सूचनाको विवरणउपर निर्वाचन कार्यालयमा कुनै उजुरी परेमा सोको छानबिन गरी पेस भएको प्रमाण बमोजिम र उजुरी नपरेमा सोही बमोजिम निर्वाचन कार्यालयमा नामावली अध्यावधिक गर्ने पनि निर्णय गरेको छ ।

प्रवक्ता पौडेलले दोहोरो दर्ता नहुनेतर्फ सचेत हुँदै नाम दर्ता हुने व्यवस्था मिलाउने र कुनै मतदातले दोहोरो नाम परेको भनि हटाउन निवेदन दिएमा जिल्ला भित्रको दोहोरो नाम नाम दर्ता अधिकारीले रुजू गरी अघिल्लो दर्तालाई हटाई पछिल्लोपटक दर्ता भएको सन्दर्भमा मतदाता नामावलीमा कायम गरिदिने, तथा फरक जिल्लाको हकमा आयोगमा लेखि पठाउने निर्णय भएको पनि बताउनु भयो ।

प्रवक्ता पौडेलले भन्नुभयो, ‘सबै निर्वाचन कार्यालयहरु र सबै जिल्ला प्रशासन कार्यालय एवं ७३ वटा इलाका प्रशासन कार्यालयबाट यही असार १ गतेदेखि मतदाता नामावली संकलन गर्ने ।

हाल अस्थायी बसोवास गरिरहेकै जिल्लाको निर्वाचन कार्यालय गइ मतदाता नामावली दर्ता गर्न सकिने ।

मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्ममिति लगायतका विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा आवश्यक निर्णय गरी त्रुटी सच्याउन सकिने ।

कुनै मतदाताले झुटो विवरण दिइ मतदाता नामावलीमा नाम समावेश गरेको भनि त्यस्तो नाम मतदाता नामावलीबाट हटाउनका लागि कुनैपनि व्यक्तिले प्रमाणसहित उजुरी दिएमा नाम दर्ता अधिकारी (निर्वाचन अधिकार)ले छानबिन गरी त्यस्तो नाम हटाउने सम्बन्धमा निर्णय गर्न सक्ने ।

कुनै मतदाताले विवाह वा बसाई सरेको कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा साविकमा नाम दर्ता भएको जिल्ला वा नाम सार्न चाहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने । निवेदन दर्ता भएको कार्यालयले प्राप्त निवेदनउपर आवश्यक निर्णय गरी अर्को जिल्लासँग सम्बन्धित भए सम्बन्धित जिल्लामा आवश्यक प्रमाणसमेत स्क्यान गरी पठाउन सक्ने ।

कुनै मतदाताले आफ्नो नाम रहेको मतदात स्थलबाट पायक पर्ने सोही वडाको मतदान स्थलमा नाम सार्न निवेदन दिएमा सोही बमोजिम स्थानान्तरण गर्न सकिने ।

मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि कुनै व्यक्तिले इमेल वा फ्याक्समार्फत निर्वाचन कार्यालयमा निवेदन दिए त्यस्तो निवेदन प्रमाण कागजात हेरी प्रमाण पुगेको आधारमा सम्बन्धित नाम दर्ता अधिकारी निर्वाचन अधिकारीले नामावली अद्यावधिक गर्ने ।

मिति २०७३/१०/२० भन्दाअघि दर्ता भइ नागरिकतामा उल्लेखित ठेगाना भन्दा फरक ठेगाना मतदाता नामावली रहेको व्यक्तिले नागरिकतामा उल्लेखित ठेगानामा नै मतदाता नामावली सारिपाउन निजको मतदाता नामावलीको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिएमा निजको नाम सो जिल्लाको मतदाता नामावलीबाट निजको नागरिकतामा उल्लेखित ठेगाना भएको स्थानीय तहको वडामा सार्ने व्यवस्था मिलाउने ।

कुनै मतदाताको मृत्यु भएको वा नागकिरता त्याग गरेको वा विवाह वा बसाईसराई गएको कारण मतदाता नामावलीबाट नाम हटाउनको लागि निवेदन प्राप्त भएमा नाम दर्ता अधिकारीले प्रचलित कानून बमोजिम प्रत्येक महिना निर्वाचन कार्यालय र सम्बन्धित वडा कार्यालयमा ७ दिनको समय दिई सूचना पास गर्ने व्यवस्था मिलाउने, यस्तो सूचनाको विवरणउपर निर्वाचन कार्यालयमा कुनै उजुरी परेमा सोको छानबिन गरी पेस भएको प्रमाण बमोजिम र उजुरी नपरेमा सोही बमोजिम निर्वाचन कार्यालयमा नामावली अध्यावधिक गर्ने ।

कुनै मतदातले दोहोरो नाम परेको नि हटाउन निवेदन दिएमा जिल्ला भित्रको दोहोरो नाम नाम दर्ता अधिकारीले रुजू गरी अघिल्लो दर्तालाई हटाई पछिल्लोपटक दर्ता भएको सन्दर्भमा मतदाता नामावलीमा कायम गरिदिने । तथा फरक जिल्लाको हकमा आयोगमा लेखि पठाउने ।

फोटोसहितको मतदाता नामावली संकलन भए बमोजिम आयोगबाट वितरण भएको मतदाता परिचय पत्र भएको तर कुनै कारणले मतदाता नामावलीमा नाम नभएको भए त्यस्तो व्यक्तिको नाम दर्ता गरिदिने ।

मतदाता नामावली ऐन २०७३, बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता नगरिने हुँदा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति निकट भविष्यमा घोषणा हुने सम्भावना रहेकोले सो घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम संकलन गर्न योग्यता पुगेका सबै नागरिकहरुलाई नाम दर्ता गराउन आयोग अनुरोध गर्दछ । यसमा सहयोग र सहजीकरण गर्न राजनीतिक दल, आम नागरिक एवं सरोकारवाला सबैलाई आयोग अनुरोध गर्दछ ।’

प्रवक्ता पौडेलले फोटोसहितको मतदाता नामावली संकलन भए बमोजिम आयोगबाट वितरण भएको मतदाता परिचय पत्र भएको तर कुनै कारणले मतदाता नामावलीमा नाम नभएको भए त्यस्तो व्यक्तिको नाम दर्ता गरिदिने निर्णय भएको पनि बताउनु भयो । उहाँले मतदाता नामावली ऐन २०७३, बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता नगरिने हुँदा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति निकट भविष्यमा घोषणा हुने सम्भावना रहेकोले सो घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम संकलन गर्न योग्यता पुगेका सबै नागरिकहरुलाई नाम दर्ता गराउन अनुरोधसमेत गर्नुभयो ।