२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय छानबिन माग गर्दै एमालेद्वारा संसदमा अवरोध



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताका विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिले हस्तक्षेप गरेको भन्दै संसदीय छानबिन समिति गठनको मागसहित एमालेले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको हो ।

मंगलबार प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले संसदीय छानबिन गठन गर्नुपर्ने माग गरे ।

यो विषय सञ्चार माध्यममार्फत सार्वजनिक भइसकेपछि अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सांसद भट्टराईले बताए ।

उनले जेठ १४ गते राति अर्थ मन्त्रालयमा बजेट निर्माण भइरहेको ठाउँको सीसीटीभी फुटेज सार्वजनिक गर्न समेत माग गरेका छन् ।

एमाले सांसदहरूले उठेर अवरोध जारी राखेपछि बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।