५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षायाम सकिने वित्तिकै काठमाडौंमा पानी ल्याउने काम सुरु हुने: खानेपानीमन्त्री चौंधरी



अ+ अ-

काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौंधरीले अर्बौको लगानीमा निर्माण गरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सुरक्षाको लागि वर्षा यामसम्मको लागि त्यहाँको पानी काठमाडौं उपत्यका ल्याउन बन्द गर्नु परेको स्पष्ट पार्नु भएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालय अन्तर्गतको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री चौंधरीले सो स्पष्टिकरण दिनु भएको हो । उहाँले जल तथा मौसम विभागको प्रक्षेपण, मौसमविद्हरुको सुझाव र सो स्थानमा जडित अर्लि वार्निङ सिष्टम, विज्ञहरुबाट प्राप्त सूचना र सुझावको आधारमा सो आयोजनाको पानी काठमाडौं ल्याउन वर्षा यामसम्मका लागि बन्द गरिएको जानकारी गराउनु भयो ।

मन्त्री चौंधरीले वर्षायाम सकिने वित्तिकै सो आयोजनाको पानी काठमाडौं ल्याउने काम सुरु हुने मन्त्रालयको योजना रहेको बताउनु भयो । यस अवधिमा काठमाडौंबासीलाई पानीको अभाव हुन नदिन बागमतीबाट सुन्दरीजल पानी प्रशोधन केन्द्रमा पानी पठान्तर गर्ने, केयूकेएल अन्तर्गतका बोरिङहरुको क्षमता अभिवृद्धि गर्ने र अन्य स्रोतको उपयोग गर्ने कार्यहरु भईरहेको उहाँको भनाई थियो । मन्त्री चौधरीले काठमाडौं उपत्यकाको दिगो खानेपानी व्यवस्थापनका लागि मकवानपुरको सिस्नेरी खोला, ललितपुरको ठोस्ने र भक्तपुरको महादेउ खोलाबाट काठमाडौं उपत्यकामा पानी आपूर्ति गर्न अध्ययन भईरहेको समेत बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘मेलम्ची खानेपानी योजनाको हेडवक्र्स र अन्य संरचनाहरुमा मिति २०७८ असार १ गते तथा तत्पश्चातको बाढि पहिरोले अकल्पनीय क्षति पुर्याएको यहाँहरुमा अवगत नै छ । उक्त बाढि र पहिरोकै कारण आयोजनाको हेडवक्र्सर्कसम्म पुग्ने पहुँच मार्ग क्षतिग्रस्त भई आवागमनमा पनि पूर्ण रुपमा क्षति भएको थियो । मेलम्चीमा आएको बाढिपहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी योजनाको पुनस्थापना गरी काठमाडौं उपत्यकाबासीलाई सरकारले घोषणा गरे बमोजिम नै चैत्र मसान्त भित्र मेलम्चीको पानी पठानान्तर गरी वितरण गरिएको थियो । यस अवधिमा आयोजना अन्तरगत हेडवर्क, सुरुङ, मेकानिकल गेट लगायतका संरचनाहरुको समेत मूल्यांकन गरिएको थियो । गत असारमा मेलम्ची जलाधारमा आएको बाढि पहिरोको कारण मेलम्ची खानेपानी योजनाको माथिल्लो तटीय क्षेत्रमा करोडौं घन मिटर गेगरान थुप्रिएको छ । उक्त गेगरान वर्षात्को मौसममा लेदोको रुपमा बग्ने सम्भावना रहेको र त्यस्तै किसिमको लेदोको कारण योजनाको हेडवक्र्स पुरिएको र सुरुङमा समेत लेदो पसेको सफा गरी केही समय पानी संचालन गरिएको थियो । अर्बौंको लगानीमा निर्मित सुरुङको सुरक्षाका लागि जल तथा मौसम विभागको प्रक्षेपण मौसमविद्हरुको सुझाव र सो स्थानमा जडित अर्लि वार्निङ सिष्टम र विज्ञहरुबाट प्राप्त सूचना र सुझावको आधारमा योजना संचालन वर्षा यामसम्मको लागि बन्द गरिएको हो ।’

वर्षा याममा सुरुङलाई थप क्षति हुनबाट बचाउन सकिएमा वर्षा सकिने वित्तिकै पानी संचालन गर्न सकिने, मन्त्रालयको योजना रहेकोे छ । यस अवधिमा काठमाडौंबासीलाई पानीको अभाव हुन नदिन बागमतीबाट सुन्दरीजल पानी प्रशोधन केन्द्रमा पानी पठान्तर गर्ने, केयूकेएल अन्तर्गतका बोरिङहरुको क्षमता अभिवृद्धि गर्ने र अन्य स्रोतको उपयोग गर्ने कार्यहरु भईरहेको छ । मेलम्ची जलाधारको भौगोलिक अवस्थाको अध्ययन एशीयाली विकास बैंकको टोलीले गरिरहेको छ । र, अध्ययन प्रतिवेदन अनुसार पहिरो न्यूनिकरणका कार्यहरु आगामी आवबाट क्रमशः गर्दै जाने गरी बजेट व्यवस्थापन गरिएको छ । मेलम्ची खानेपानी योजनाको विकल्प र पुरकको रुपमा काठमाडौं उपत्यकाको दिगो खानेपानी व्यवस्थापनका लागि मकवानपुरको सिस्नेरी खोला, ललितपुरको ठोस्ने र भक्तपुरको महादेउ खोलाबाट काठमाडौं उपत्यकामा पानी आपूर्ति गर्न अध्ययन भईरहेको छ । काठमाडौं उपत्यकाको चक्रपथ भित्र जनसंख्यालाई सुरक्षित खानेपानीको पहुँच पु¥याउन १ हजार २५० किलो मिटर पाईपलाईन वितरण सञ्जाल विछ्याइएको छ ।

मन्त्री चौैंधरीले काठमाडौं उपत्यकाको चक्रपथ भित्र खोनपानीमा सबैको सुरक्षित पहुँच पुर्याउनका लागि पाईपलाईन सञ्चाल विस्तारको काम भईरहेको पनि बताउनु भयो । उहाँले स्वच्छ खानेपानीको उपयोग गर्न पाउने नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै सोही अनुसार खानेपानीको व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको पटकपटक दोहोर्याउनु भयो ।