१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वकप्तान पारस र ज्ञानेन्द्रको मेयर बालेनसँग भेटवार्ता



अ+ अ-

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्लले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग भेट गरेका छन् ।

पारस र ज्ञानेन्द्र मल्ल लगायतले मंगलबार मेयर बालेनसँग गरेको भेटमा महानगरपालिकाभित्रको ग्रासरूटरविद्यालय क्रिकेटको उत्थानका साथै सम्पूर्ण नेपाली क्रिकेटको विकास तथा विस्तारका बारेमा सकारात्मक छलफल भएको बताइएको छ ।

पूर्वकप्तान पारसले भने, ‘उहाँ खेलकुदमा रुची राख्ने हुनुहुन्छ । मेयर बन्नु अघि पनि हाम्रो एकेडेमीमा आएर क्रिकेटको विषयको बारेमा छलफल गर्नुभएको थियो, पछिल्लो समय काठमाडौंबाट नयाँ खेलाडीहरु देखिएका छैनन् त्यसैले अब स्कुलदेखि ग्रासरुट देखि नै खेलाडीहरु कसरी उत्पादन गर्न सकिन्छ भनेर छलफल भयो ।’