• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo

जी–बबले कुनै कार्यक्रममा भाग लिनुपर्दा आमा–बुवाको सहमति चाहिने



काठमाडौं । आजभोलि चर्चामा रहेका र्‍याप गायक सुदिप भण्डारी उर्फ जी–बबले कुनै कार्यक्रममा भाग लिनुपरे आमा–बुवाको सहमति लिनुपर्ने भएको छ ।

सोमबार जी–बब र उनको परिवारबीच भएको सहमति अनुसार कार्यक्रमको लागि परिवारको अनुमति लिनुपर्ने भएको हो ।

सोमबार जी– बब, उनका बुवा राजकुमार भण्डारी र समर्पण समाज नेपाल कपनका सञ्चालक टासी लामाबीच जिल्ला प्रहरी परिसर काठमाडौँ परिसरमा छलफल भएको थियो । सो छलफलपछि तीन बुँदे सहमति भएको हो ।

सहमति अनुसार जी–बबको इच्छाअनुसार उनलाई समर्पण समाज नेपाल, कपनस्थित सुधार गृहमा राख्ने उल्लेख छ । त्यसमा उनलाई पनि अन्य व्यक्तिसरह नै राखिने सहमति भएको हो । त्यस्तै, दोस्रो बुँदामा केही समयको लागि जी–बबले चाहेको समयमा आमा–बुवालाई भेट गराउने व्यवस्था समाजले मिलाउने र कुनै पनि प्रकारको कार्यक्रममा भाग लिनुपरेमा आमा–बुवाको सहमति लिनुपर्ने उल्लेख छ ।