२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

म खुट्टा लागेको ठूलो छोरा हुँ, मलाई स्वतन्त्रता चाहियो: जि–बब



अ+ अ-

काठमाडौं । चर्चित र्‍यापर सुदीप भण्डारी उर्फ ‘जि–बब’ ले आफूलाई परिवारबाट स्वतन्त्रता चाहिएको बताएका छन् ।

आइतबार पत्रकार सम्मेलन आयोजना गरी जि–बबले आफूले बुबाआमाविरुद्ध मुद्दा दिएको नभइ निवेदन दिएको प्रस्ट पारे ।

उनले भने ‘ मुद्दा मुद्दा मुद्दा भन्ने शब्दले कुरा बिग्रिएको हो । मैले कपिमा लेखेर सिडिओमा गएर निवेदन दिएको हुँ । मलाई फ्रिडम चाहियो, स्वतन्त्र बस्न पाउनुपर्यो, मैले काम गर्नुपर्दा मेरा आमाबुबाले मलाई माथिबाट टोक्नुभएन, म र मेरो काम गर्ने टिमलाई प्रेसर दिनुभएन ।’

उनले अगाडि भने, ‘म खुट्टा लागेको ठूलो छोरा हुँ, मलाई स्वतन्त्रता चाहियो । मलाई मेरो आमाबाबुले छोडिदिनुपर्यो, म जहाँ भन्छु त्यहीँ उड्न पाउनुपर्यो ।’