१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिकलसेल इमिनियासम्बन्धी अस्पताल खोल्न माग



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद तेजलाल चौधारीले थारुलाई मात्रै लाग्ने सिकलसेल इमिनिया नियन्त्रणका लागि अनुसन्धानमा मात्रै सीमित नभएर लुम्बिनी र सुदूरपश्चिममा त्यस रोगसम्बन्धी अस्पतालसमेत स्थापना गर्न माग गर्नुभएको छ ।

विनियोजन विधेयक, २०७९ अन्तर्गत सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयकोे विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले तराई–मधेसका थारु जातिको स्वास्थ्यमा सरकारले ध्यान दिन नसकेको तथा सरकारी क्षेत्रका अस्पतालमा सुविधा, जनशक्ति र क्षमता बढाउन आग्रह गर्नुभयो ।

सांसद चौधरीले सरकारका नियुक्तिमा समावेशीताका आधारमा नियुक्त गर्न पनि आग्रह गर्नुभयो । नेकपा (एमाले) का सांसद डा विजय सुब्बाले सवारी साधनमा इम्बोस्ड नम्बर राख्ने निर्णयले नेपाली भाषालाई समाप्त पार्ने बताउनुभयो । उहाँले सरकारले त्यस्ता गलत कार्य गर्न कुनै स्वार्थ समूहले प्रभावित पारिरहेको आशङ्का व्यक्त गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशचन्द्र दासले मुलुकको अधिकांश बजेट सहरी क्षेत्रमा विनियोजन गरिएको र तर अत्यधिक जनता बसोबास गर्ने गाउँका बासिन्दाको आधारभूत सुविधा दिन सङ्घीयता अनुकूल बजेट विनियोजन हुन नसकेको बताउनुभयो ।