• १ श्रावण २०८१, मंगलवार
  •      Tue Jul 16 2024
  •   Unicode
Logo

बजेटमा सबै सांसदहरुको स्वामित्व हुन सकेनः सांसद झा



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद अनिल कुमार झाले सरकारले प्रस्तुत गर्ने बजेटमा सबै सांसदहरुको स्वामित्व हुन नसकेको बताउनुभयो । उहाँले बजेट निर्माणमा सांसदहरुको भुमिका हुन नसकेको बताउनुभयो । बजेट निर्माणमा सांसदहरुको पनि सक्रिय भुमिका बनाउन संसद र सरकारले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘जनताबाट प्रत्यक्ष निर्वाचित हुने सबभन्दा ठुलो जिम्मेवारीको पद मानिन्छ ति सांसदहरुको यो बजेट निर्माणमा के भुमिका छ ? कुनै भुमिका छैन । सांसदहरुले के यो बजेटको किताबमाथि मेरो पनि यसमा संलग्नता छ, मैले भनेका चिजहरुपनि यसमा संलग्न छन् भन्ने कुनै ठाउँ छ ? कुनैपनि ठाउँ छैन । त्यसैले सम्पूर्ण सांसदहरुको, सिंगो संसदको यसमाथि स्वामित्व रहनुपर्छ । म बडो लज्जासाथ भन्न चाहान्छु कतिपय मामिलामा आजका हामी सांसदहरुभन्दा वडाअध्यक्षहरुलाई आम जनताले बढी एक्टिभ हेर्दछ । यो ग्राउन्ड रियालिटी हो । यो कुरालाई यो संसदले यो सरकारले नोट गर्नुपर्दछ ।’

सांसद झाले स्वास्थ्य बीमा गर्ने बिरामीहरु उपचारका लागि जुन स्वास्थ्य संस्था पुग्छन् बीमा कार्यान्वयन सोही संस्थामा हुनुपर्ने बताउनुभयो ।