• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   मम–चाउमिन जस्तै गरी सिमेन्ट–इँटा खान्छिन् यी महिला ★   दूध बिक्री गरेर आत्मनिर्भर बन्दै किसान ★   सरकारले सबै जमिन आफ्नो मातहत ल्याउने नीति बनाउनुपर्छ: मेटमणी चौधरी ★   इमरान खान, कुरेसीलगायत पिटिआई नेता आजादी मार्च मुद्दामा निर्दोष ठहर ★   ताप्लेजुङमा बाढीले पुल बगाएपछि सडक अवरुद्ध ★   बन्दीपुर केवलकार व्यावसायिक रुपमा सञ्चालन ★   टी–२० विश्वकप खेलाइएको न्युयोर्कको नासाउ काउन्टी स्टेडियम भत्काइँदै ★   नेपालबाट तीन अर्ब बढीको हस्तकला विदेश निर्यात ★   जसपा महाधिवेशन: अध्यक्षमा उपेन्द्रले लिए शपथ, अन्य पद सहमतिबाट टुङ्ग्याउने ★   लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिवाना

एमसीसी पारित भएपछि देशमा आर्थिक संकट बढेर गयो – प्रेम सुवाल



काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले एमसीसी सम्झौता संसदबाट पारित गरेकै कारण नेपालमा आर्थिक संकट बढेर गएको दावी गर्नु भएको छ ।

सांसद सुवालले सो सम्झौता संसदबाट पारित गरेपछि नेपालमा महंगी समेत बढेको जिकीर गर्नु भयो । आईतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ को विभिन्न शिर्षकमाथिको खर्च कटौति प्रस्ताव पेश गर्दै उहाँले अमेरिकी सरकारले देउवा सरकारलाई रुसको विरुद्धमा संयुक्त राष्ट्र संघमा मतदान गराएपछि नेपालमा पेट्रोलियम पदार्थ र एलपी ग्याँसको मूल्य बढेको तर्क गर्नु भयो । सो विषयमा तटस्थ बसेको भारतले अहिले पनि अन्तराष्ट्रिय बजार मूल्यको एक तिहाई मूल्यमा पेट्रोलियम पदार्थ र एलपी ग्याँस पाएपनि नेपालले रुसको विरुद्धमा मतदान गरेकाले महंगोमा आयात गर्नु परेको उहाँको भनाई थियो ।

सांसद सुवालले प्रधानमन्त्री शेरबहादुर देउवाको कूटनीतिक असफलताको कारण नेपालले महंगोमा पेट्रोलियम पदार्थ तथा एलपी ग्याँस आयात गर्नु परेको भन्दै आक्रोश व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो, ‘पाँच दलीय गठबन्धन सरकारले एमसीसी सम्झौंता संसदबाट जब्बरजस्ती पारित गरेपछि नेपालको आर्थिक संकट बढ्यो । सर्वसाधारण जनता महंगीको मारमा परे । एमसीसी सम्झौता पास गरेकै कारण महंगी बढेको हो । यसको प्रमाण हामी दिन सक्छौं । अमेरिकी साम्राज्यवादले देउवा सरकारलाई संयुक्त राष्ट्र संघमा रुसको विपक्षमा मतदान गरायो ।

यसैकारण महंगी बढेको हो । मतदानमा तटस्थ बसेको भारतलाई रुसले अन्तराष्ट्रिय बजारमा बजार मूल्यको एक तिहाई मूल्यमा तेल, ग्याँस उपलब्ध गरायो । खै, नेपालको कूटनीति ? तेल र ग्याँस भारतले जस्तै गरेर ल्याउन सरकार असफल भएको छ । नेपालमा तेल र ग्याँसको मूल्य आकाशियो । देउवा सरकारले रुसविरुद्ध मतदान नगरेको भए नेपाललाई पनि रुसले तेल र ग्याँस भारतलाई जस्तै अन्तराष्ट्रिय बजार मूल्यको एक तिहाई भन्दा कम मूल्यमा दिने थियो । यो कूटनीतिक असफलता हो प्रधानमन्त्री शेरबहादुर देउवाको ।’

सांसद सुवालले देउवा नेतृत्वको गठबन्धन सरकार कूटनीतिक क्षेत्रमा पूर्णत असफल भएको पनि पटकपटक दोहो¥याउनु भयो ।