• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   आजको विकासको भोक मेट्न भावी पुस्ताले प्रकृतिको तिर्खा व्यहोर्नुपर्ने ढंगको अन्धाधुन्ध विनाश रोकौँ: महामन्त्री शर्मा ★   काँग्रेस सांसद यादवद्वारा मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको जवाफ माग ★   सरकारको विपद्पूर्वतयारी सन्तोषजनक भएन: सचिव भट्टराई ★   कोशी प्रदेश सरकारविरुद्धको मुद्दा न्यायाधीश रेग्मी, सुवेदी र मुसलमानको इजलासमा ★   गण्डकीमा ‘प्रदेश सरकारको साझेदारी: बाँझो रहन्न खेतबारी’ ★   प्रभु बैँक लि.र आगन्तुक रिसोर्ट बीच विशेष छुट सम्झौता ★   तराईमा तापक्रम निरन्तर बढ्दै, वीरगञ्जका विद्यालय थप तीन दिन बन्द ★   मौसममा खराबी आएपछि वेस्ट इन्डिज उड्न लागेका नेपाली खेलाडी अमेरिकामै रोकिए ★   नारायणगढ–मुग्लिन सडकः पच्चीस ठाउँमा पहिरोको जोखिम ★   एमाले काभ्रेको अध्यक्षमा भुर्तेल निर्वाचित

एमसीसी पारित भएपछि देशमा आर्थिक संकट बढेर गयो – प्रेम सुवाल



काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले एमसीसी सम्झौता संसदबाट पारित गरेकै कारण नेपालमा आर्थिक संकट बढेर गएको दावी गर्नु भएको छ ।

सांसद सुवालले सो सम्झौता संसदबाट पारित गरेपछि नेपालमा महंगी समेत बढेको जिकीर गर्नु भयो । आईतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ को विभिन्न शिर्षकमाथिको खर्च कटौति प्रस्ताव पेश गर्दै उहाँले अमेरिकी सरकारले देउवा सरकारलाई रुसको विरुद्धमा संयुक्त राष्ट्र संघमा मतदान गराएपछि नेपालमा पेट्रोलियम पदार्थ र एलपी ग्याँसको मूल्य बढेको तर्क गर्नु भयो । सो विषयमा तटस्थ बसेको भारतले अहिले पनि अन्तराष्ट्रिय बजार मूल्यको एक तिहाई मूल्यमा पेट्रोलियम पदार्थ र एलपी ग्याँस पाएपनि नेपालले रुसको विरुद्धमा मतदान गरेकाले महंगोमा आयात गर्नु परेको उहाँको भनाई थियो ।

सांसद सुवालले प्रधानमन्त्री शेरबहादुर देउवाको कूटनीतिक असफलताको कारण नेपालले महंगोमा पेट्रोलियम पदार्थ तथा एलपी ग्याँस आयात गर्नु परेको भन्दै आक्रोश व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो, ‘पाँच दलीय गठबन्धन सरकारले एमसीसी सम्झौंता संसदबाट जब्बरजस्ती पारित गरेपछि नेपालको आर्थिक संकट बढ्यो । सर्वसाधारण जनता महंगीको मारमा परे । एमसीसी सम्झौता पास गरेकै कारण महंगी बढेको हो । यसको प्रमाण हामी दिन सक्छौं । अमेरिकी साम्राज्यवादले देउवा सरकारलाई संयुक्त राष्ट्र संघमा रुसको विपक्षमा मतदान गरायो ।

यसैकारण महंगी बढेको हो । मतदानमा तटस्थ बसेको भारतलाई रुसले अन्तराष्ट्रिय बजारमा बजार मूल्यको एक तिहाई मूल्यमा तेल, ग्याँस उपलब्ध गरायो । खै, नेपालको कूटनीति ? तेल र ग्याँस भारतले जस्तै गरेर ल्याउन सरकार असफल भएको छ । नेपालमा तेल र ग्याँसको मूल्य आकाशियो । देउवा सरकारले रुसविरुद्ध मतदान नगरेको भए नेपाललाई पनि रुसले तेल र ग्याँस भारतलाई जस्तै अन्तराष्ट्रिय बजार मूल्यको एक तिहाई भन्दा कम मूल्यमा दिने थियो । यो कूटनीतिक असफलता हो प्रधानमन्त्री शेरबहादुर देउवाको ।’

सांसद सुवालले देउवा नेतृत्वको गठबन्धन सरकार कूटनीतिक क्षेत्रमा पूर्णत असफल भएको पनि पटकपटक दोहो¥याउनु भयो ।