३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्टार म्युजिक अवार्ड २०७९ प्रदान



अ+ अ-

काठमाडौं । स्टार म्युजिक अवार्ड २०७९ प्रदान गरिएको छ । शनिवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी गायक राजु परियार, गायिका टिका पुन, गायिका लक्ष्मी न्यौपाने, बालकलाकार सान्वी खतिवडा लगायतका कलाकारलाई स्टार म्युजिक अवार्ड २०७९ प्रदान गरिएको हो ।

कार्यक्रममा पूर्व खानेपानी मन्त्री बिना मगर, कलाकार पल्पसा डंगोल, कलाकार किरण केसी लगायतले अवार्ड वितरण गर्नुभएको थियो । नेपाली गीत, संगीतको विकास र श्रष्टाको सम्मानका लागि ग्रेट नटराज फिल्मस प्रा.लि. को आयोजनामा पहिलो स्टार म्युजिक भिडियो अवार्ड २०२२ आयोजना गरिएको हो ।

यो अवार्ड आधुनिक, पप, लोकदोहोरी, लोक, भाषाभाषी, राष्ट्रिय गीत जस्ता विभिन्न विधामा प्रदान गरिएको छ । जसमा गायक, गायिका, संगीतकार, निर्देशक, गीतकार, छायाँकर, संगीत सम्पादकहरुलाई सम्मान गरिएको छ । यो अवार्ड पाउने बाल कलाकारमा जेनिसा अधिकारी, आयुष ढकाल, जेभिन श्रेष्ठ, आराध्य राज्यलक्ष्मी, र सान्वी खतिवडा छन् ।

आधुनिकतर्फ सागर लम्साल, हरिष निरौला, रोहन नेपाली, सुधिर श्रेष्ठ, रमेशचन्द्र सोडारीले अवार्ड पाएका छन् । त्यस्तै आधुनिक गीतमा रवि ओड, भीम बिसी, सम्राट चौलागाईं, प्रताप दास, सेर्केनीले अवार्ड पाएका छन् ।

त्यस्तै आधुनिक गीततर्फ महिलामा सिर्जु अधिकारी, रचना रिमाल, रानी शाक्य, एलिना चौहान, अस्मिता अधिकारीले अवार्ड पाएका छन् । त्यस्तै लोक दोहोरी डान्समा शंकर बिसी, प्रेम थापा, ओबी रायमाझी, सञ्जिव ठकुरी लोमश शर्माले अवार्ड पाएका छन् भने लोक दोहोरीतर्फ महिलामा अञ्जली अधिकारी, करिष्मा ढकाल, आरुषी मगर, गीता ढुंगाना र रुबीना अधिकारीले अवार्ड पाएका छन् ।