काठमाडौं । भक्तपुरको चाँगुनारायण केन्द्र भएर भूकम्प गएको छ । शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प ४.७ म्याग्निच्युडको रहेको थियो ।
भूकम्पले काठमाडौंसहित उपत्यकाका तीनवटै जिल्लामा धक्का महसुस भएको थियो ।