४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

हिमाली क्षेत्रमा मूल्यवृद्धिको असर, अरु क्षेत्रमा कस्तो ?

हिमाली क्षेत्रमा मूल्यवृद्धिको असर, अरु क्षेत्रमा कस्तो ?
अ+ अ-

काठमाडौं । हिमाली क्षेत्रमा मूल्यवृद्धिको मात्रा समेत बढेको पाइएको छ । हिमाली क्षेत्रपछि तराईमा पनि उल्लेख्य रुपमा मूल्यवृद्धिको चाप परेको एक विवरणमा उल्लेख छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको १० महिनाको विवरण अनुसार हिमाली क्षेत्रमा ८.२१ प्रतिशतले मुद्रास्फिती भएको छ ।

केन्द्रीय बैंकका अनुसार तराई क्षेत्रमा मुद्रास्फिती ८.१५ प्रतिशत बराबर रहेको छ । काठमाडौं उपत्यकामा ७.३९ प्रतिशत, पहाडमा ७.८९ प्रतिशत बराबरको मुद्रास्फीति रहेको छ । विसं २०७८ वैशाखमा काठमाडौँ उपत्यकाको मुद्रास्फिती ३.६२ प्रतिशत, तराईमा ३.५१ प्रतिशत, पहाडमा ४.१४ प्रतिशत र हिमालमा १.३३ प्रतिशत बराबर थियो ।

केन्द्रीय बैंकका अनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४५ प्रतिशत रहेको पाइएको छ । गत वैशाख मसान्तसम्म वार्षिक विन्दुगत मासिक औसत मुद्रास्फिति ५.८४ प्रतिशत छ ।

विसं २०७८ वैशाख महिनाको तुलनामा गत वैशाखमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेलमा मात्रै २४.८६ प्रतिशतले मूल्यवृद्धि भएको छ । यस्तै, फलफूलमा १२.६१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डामा ११।३० प्रतिशत , दाल तथा गेडागुडीमा १०.५३ प्रतिशत र सुर्तीजन्य पदार्थमा ९.७० प्रतिशतले मूल्यवृद्धि भएको छ ।

साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायातमा २१.८१ प्रतिशत, शिक्षा र मनोरञ्जनमा ११.६४ प्रतिशत तथा संस्कृति उपसमूहमा ८.२१ प्रतिशतको मुद्रास्फीति भएको पाइएको छ । रासस