२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोहोर व्यवस्थापनमा मिडियाका धारणाबाट बाहिर निस्किएर काम गरौँ: मन्त्री झाँक्री



अ+ अ-

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनको लागि ठूला ल्याण्डफिल्ड साइटको विकल्पमा साना व्यवस्थापन केन्द्र खोज्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार शहरी विकास मन्त्रालयमा बञ्चरेडाँडावासीहरुसँग भएको छलफलमा मन्त्री झाँक्रीले यस्तो बताउनुभएको हो । उहाँले ठूला ल्याण्डफिल्ड साइटहरु बन्न समय लाग्ने र बन्न पनि नसकेको भन्दै त्यसको विकल्पको रुपमा स–साना फोहोर, ढल व्यवस्थापन केन्द्र खोज्नुपर्ने बताउनुभएको हो । उहाँले आजबाट काठमाडौं उपत्यकाको फोहोर उठान सम्बन्धित निकायहरुलाई अनुरोध गर्नुभयो ।

शुक्रवार बिहान सिसडोलवासीसँग शहरी विकासमन्त्री, प्रधानमन्त्री कार्यालयका सचिव लगायत अन्य मन्त्रालयका सचिव, काठमाडौं, ललितपुर महानगरका मेयर ककनी गाउँपालिकाका अध्यक्ष, धुनिबेसी नगरपालिकाका प्रमुख र सम्बन्धित जिल्लाका जनप्रतिनिधिहरु सहितको वार्ता टोलीले फोहोर उठाउने सहमति गरेको छ । छलफलमा बोल्दै मन्त्री झाँक्रीले तत्कालको समस्या समाधान गर्न सम्झौता गर्ने र त्यसपछि फर्किएर नजाने प्रवृत्तिका कारण यो समस्या सिर्जना भएको बताउनु भयो ।

उहाँले सबै पक्षसँग बसेर छलफल गरिएकोले अब फाहोर नउठ्ने कुरा नरहेको तर सरकारले बञ्चरेडाँडा र सिसडोलवासीको माग पूरा गरेर मात्रै अघि बढ्ने विश्वास दिलाउनु भयो । मन्त्री झाँक्रीले यसअघि धेरै सम्झौता र कागज गरिसकेको उल्लेख गर्दै अब कागज भन्दापनि काममा विश्वास गर्न आग्रह गर्नुभयो । उहाँले सिसडोलमा गरेको गल्ती बञ्चरे डाँडामा नदोहो-याउने भन्दै फागुन २६ को कार्यदिशाअनुसार नै फोहोर व्यवस्थापन गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उहाँले भन्नुभयो, हामीले ठूला ट्रिटमेण्ट प्लान्ट, ठूला प्रोजेक्ट ठूला ल्याण्डफिल्ड साइटको गफ ग¥यौं अहिलेसम्म । तर ती सक्सेस भएनन् । त्यसैले ठूलो ल्याण्डफिल्ड साइट भन्दा किन्ने, बिक्री गर्ने कानून, कार्यविधि, मेकानिज्म बनाउनु पर्छ । तत्कालको समस्या समाधान गर्न सम्झौता गर्ने त्यसपछि फर्किएर नजाने यो समस्या र प्रवृति छ ।

अब हामीले स्थायी रुपमा नै समाधान खोजेको भएर हामी सही बाटोतर्फ जाँदैछौँ भन्ने म विश्वास दिलाउन चाहन्छु । हामीले धेरै सम्झौता र कागज ग¥यौं तर अब कागज होइन, काममा विश्वास गरौँ । हामीले फोहोरमैला व्यवस्थापनको कामलाई अघि बढाऔँ । सिसडोलमा कहाँ चुक्यौँ र बञ्चरे डाँडामा त्यो गल्ती दोहो¥याउने छैनौँ भन्ने कुरा निर्माण कार्यबाट नै कमिटमेण्ट छ । फोहोर फाल्ने स्ट्याण्डर फलो गरेनौँ भने हुँदैन । यसको अनुगमन, नियमन, कडाई गर्ने काम गर्नेछौँ । तर स्थानीय तहको सपोर्ट हामीलाई चाहिएको छ । सपोर्टको लागि अनुरोध गर्न चाहन्छु । मिडियामा बनाएका धारणाबाट बाहिर निस्किएर काम गरौँ । फागुन २६ कै कार्यदिशामा टेकेर हामी योजना बनाउँछौँ र त्यसमा चुक्दैनौँ । फोहोर आजबाट नै उठाउँ ।’

काठमाडौंको फोहोर व्यवस्थापनका लागि स्थानीयवासीसँग सरकारले शुक्रवार राति १८ बुँदे सहमति गरेको थियो । स्थानीय वासीले विभिन्न माग राख्दै बञ्चरे डाँडामा फोहोर विसर्जन गर्न नदिँदा केही हप्ता यता काठमाडौंको फोहोर सडकमै थियो ।