२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोहोर व्यवस्थापनमा मिडियाका धारणाबाट बाहिर निस्किएर काम गरौँ: मन्त्री झाँक्री



अ+ अ-

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनको लागि ठूला ल्याण्डफिल्ड साइटको विकल्पमा साना व्यवस्थापन केन्द्र खोज्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार शहरी विकास मन्त्रालयमा बञ्चरेडाँडावासीहरुसँग भएको छलफलमा मन्त्री झाँक्रीले यस्तो बताउनुभएको हो । उहाँले ठूला ल्याण्डफिल्ड साइटहरु बन्न समय लाग्ने र बन्न पनि नसकेको भन्दै त्यसको विकल्पको रुपमा स–साना फोहोर, ढल व्यवस्थापन केन्द्र खोज्नुपर्ने बताउनुभएको हो । उहाँले आजबाट काठमाडौं उपत्यकाको फोहोर उठान सम्बन्धित निकायहरुलाई अनुरोध गर्नुभयो ।

शुक्रवार बिहान सिसडोलवासीसँग शहरी विकासमन्त्री, प्रधानमन्त्री कार्यालयका सचिव लगायत अन्य मन्त्रालयका सचिव, काठमाडौं, ललितपुर महानगरका मेयर ककनी गाउँपालिकाका अध्यक्ष, धुनिबेसी नगरपालिकाका प्रमुख र सम्बन्धित जिल्लाका जनप्रतिनिधिहरु सहितको वार्ता टोलीले फोहोर उठाउने सहमति गरेको छ । छलफलमा बोल्दै मन्त्री झाँक्रीले तत्कालको समस्या समाधान गर्न सम्झौता गर्ने र त्यसपछि फर्किएर नजाने प्रवृत्तिका कारण यो समस्या सिर्जना भएको बताउनु भयो ।

उहाँले सबै पक्षसँग बसेर छलफल गरिएकोले अब फाहोर नउठ्ने कुरा नरहेको तर सरकारले बञ्चरेडाँडा र सिसडोलवासीको माग पूरा गरेर मात्रै अघि बढ्ने विश्वास दिलाउनु भयो । मन्त्री झाँक्रीले यसअघि धेरै सम्झौता र कागज गरिसकेको उल्लेख गर्दै अब कागज भन्दापनि काममा विश्वास गर्न आग्रह गर्नुभयो । उहाँले सिसडोलमा गरेको गल्ती बञ्चरे डाँडामा नदोहो-याउने भन्दै फागुन २६ को कार्यदिशाअनुसार नै फोहोर व्यवस्थापन गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उहाँले भन्नुभयो, हामीले ठूला ट्रिटमेण्ट प्लान्ट, ठूला प्रोजेक्ट ठूला ल्याण्डफिल्ड साइटको गफ ग¥यौं अहिलेसम्म । तर ती सक्सेस भएनन् । त्यसैले ठूलो ल्याण्डफिल्ड साइट भन्दा किन्ने, बिक्री गर्ने कानून, कार्यविधि, मेकानिज्म बनाउनु पर्छ । तत्कालको समस्या समाधान गर्न सम्झौता गर्ने त्यसपछि फर्किएर नजाने यो समस्या र प्रवृति छ ।

अब हामीले स्थायी रुपमा नै समाधान खोजेको भएर हामी सही बाटोतर्फ जाँदैछौँ भन्ने म विश्वास दिलाउन चाहन्छु । हामीले धेरै सम्झौता र कागज ग¥यौं तर अब कागज होइन, काममा विश्वास गरौँ । हामीले फोहोरमैला व्यवस्थापनको कामलाई अघि बढाऔँ । सिसडोलमा कहाँ चुक्यौँ र बञ्चरे डाँडामा त्यो गल्ती दोहो¥याउने छैनौँ भन्ने कुरा निर्माण कार्यबाट नै कमिटमेण्ट छ । फोहोर फाल्ने स्ट्याण्डर फलो गरेनौँ भने हुँदैन । यसको अनुगमन, नियमन, कडाई गर्ने काम गर्नेछौँ । तर स्थानीय तहको सपोर्ट हामीलाई चाहिएको छ । सपोर्टको लागि अनुरोध गर्न चाहन्छु । मिडियामा बनाएका धारणाबाट बाहिर निस्किएर काम गरौँ । फागुन २६ कै कार्यदिशामा टेकेर हामी योजना बनाउँछौँ र त्यसमा चुक्दैनौँ । फोहोर आजबाट नै उठाउँ ।’

काठमाडौंको फोहोर व्यवस्थापनका लागि स्थानीयवासीसँग सरकारले शुक्रवार राति १८ बुँदे सहमति गरेको थियो । स्थानीय वासीले विभिन्न माग राख्दै बञ्चरे डाँडामा फोहोर विसर्जन गर्न नदिँदा केही हप्ता यता काठमाडौंको फोहोर सडकमै थियो ।

 




भर्खरै