२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धन दलका कार्यकर्ताले ज्यान लिन खोजे सुरक्षा चाहियो: सासंद चौधरी



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले स्थानीय तह निर्वाचनका लागि गाउँ गएको बेलामा आफुमाथि गठबन्धन दलका कार्यकर्ताहरुले आक्रमण प्रयास गरेको भन्दै दोषी उपर कारबाहीको माग गर्नुभएको छ ।

उहाँले आफुसहित आफ्नो वृद्ध आमालाई समेत दुव्र्यवहार भएको उल्लेख गर्दै न्याय दिन सरकारसँग माग गर्नुभयो । उहाँले २७ वर्ष अघिदेखि आफ्नो परिवारमाथि हिंसा भइरहेको पनि सदनलाई जानकारी गराउनु भयो ।

उहाँले भन्नुभयो ‘मलाई मार्ने उद्देश्यले उनीहरूले घर घेरा हालेर ८० वर्षकी मेरी आमालाई दुर्व्यवहार गरे । हातहतियार निकालेर यसलाई मार्नुपर्छ भनेपछि म मृत्युको मुखमा पुगेर ४० मिनेटपछि सशस्त्र प्रहरीका एसपीले उद्दार गरेपछि बाँचे । आज पनि त्यो घटना सम्झिँदा मलाई डर लाग्छ । मलाई न्याय चाहियो ।’

सासंसद चौधरीले आफूलाई दुर्व्यवहार गर्ने समूहले २०५४ सालमा पनि दाजुलाई बेपत्ता बनाएको भन्दै पटकपटक आफूमाथि दुर्व्यवहार भएको र अझै पनि आफू सुरक्षित नरहेको बताउनु भयो ।