२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमण माथी शंका , जानकारीको माग



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. सुर्य प्रसाद पाठकले प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणको सम्बन्धमा संसदमा जानकारी दिन आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा समय माग गरि बोल्दै सांसद पाठकले प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणको सम्बन्धमा सत्तारुढ गठबन्धनका नेताले नै आशंका गरिरहेको उल्लेख गर्दै सो भ्रमणको सम्बन्धमा संसदमा जानकारी दिन आग्रह गर्नुभएको हो । उहाँले नेपाललाई सैन्य गठबन्धनमा प्रवेश गराइने हो कि भन्ने आशंकाहरु उब्जिएको बताउनुभयो ।

उहाँले राष्ट्रिय स्वाधिनता र नेपालको सार्वभौमसत्तासँग जोडिएको विषय भएकाले प्रधानमन्त्रीले संसदबाट आम जनतालाई जवाफ दिनुपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘खासगरीकन उहाँको आशंका के थियो भने नेपालका प्रधानसेनापति अमेरिकाको भ्रमणमा जाँदै हुनुहुन्छ । रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री अमेरिकाको भ्रमणमा जाँदै हुनुहुन्छ ।

उहाँको आशंका अनुसार त्यो अमेरिकाको भ्रमणमा स्टेच पार्टनरशिप प्रोग्राम अन्र्तगत नेपाल समावेश हुने पो हो कि, त्यसमा समावेश भो भने उहाँको भनाई अनुसार नेपाल सैन्य गठबन्धनमा प्रवेश गर्नेछ । नेपाल सैन्य गठबन्धनमा प्रवेश गर्ने भनेको पश्चिमा सेनाहरु नेपालमा उपस्थित हुनु हो । पश्चिमा सेनाहरु नेपालमा उपस्थित हुनु भनेको भविष्यमा नेपाल कतै दोस्रो युक्रेन त हुने होइन भन्ने प्रकारका गम्भिर आशंकाहरु उहाँले व्यक्त गर्नुभएको छ ।

सत्तारुढ गठबन्धनको प्रमुख घटकको प्रमुख नेताले यस्तो आशंका व्यक्त गरिसकेपछाडी भित्रभित्रै गम्भिर प्रकृतिका षड्यन्त्र त भएका छैनन् भनेर हामी असाध्यै चिन्तित छौँ । मलाई लाग्छ देश पनि चिन्तामा छ । यस्तो अवस्थामा यो गम्भिर विषय हो । राष्ट्रिय स्वाधिनतासँग जोडिएको विषय हो । नेपालको सार्वभौमसत्तासँग जोडिएको विषय हो । यस्तो महत्वपूर्ण विषयमा प्रधानमन्त्री स्वयम् उपस्थित भएर रोष्टमबाट संसदलाई, आम जनतलाई जानकारी गराउनुपर्छ । विषयवस्तु खास के हो ? यो म जोडदार माग गर्दछु ।’




भर्खरै