२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी सेनाका उच्च अधिकारी काठमाडौंमा



अ+ अ-

काठमाडौँ । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिन बिहीबार चार दिने औपचारिक भ्रमणका क्रममा नेपाल आईपुगेका छन् ।
फ्लिनलाई बलाधिकृत रथी श्री बालकृष्ण कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो ।

नेपाली सेनाका अनुसार भोलि शुक्रबार सैनिक मुख्यालय जंगी अड्डामा अमेरिकी जनरल फ्लिनले प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गर्ने छन् । शुक्रबार नै प्रधानसेनापति शर्माले सैनिक जनरलको सम्मानमा रात्रिभोजको आयोजना गर्नुहुने छ ।

नेपाल भ्रमणका क्रममा सैनिक जनरल फ्लिन शनिबार माउन्टेन फ्लाइटबाट सगरमाथा आधार शिविर भ्रमण गर्ने र सोलुखुम्बुको नाम्चे बजारमाथि रहेको एभरेष्ट भ्यू होटलमा दिवाभोज गर्ने कार्यक्रम छ ।

सैनिक जनरल फ्लिनको आइतबार पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्र र शिवपुरीस्थित सेनाको कमान्ड एन्ड स्टाफ कलेजको भ्रमण गर्ने कार्यक्रम छ ।

सन् २०२१ जुनदेखि उनी एसिया–प्रशान्त क्षेत्रको उनी प्रमुख छन् ।