२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा प्रवक्ता श्रेष्ठको कमललाई प्रश्न: कुन दलले के त्यागे को को संग एकता गर्नुहुन्छ ?



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापालाई अन्य पार्टीहरुले के त्यागेमा एकता गर्नुहुन्छ भनी प्रश्न गर्नुभएको छ ।

बुटवलमा बिहीबार आयोजित पत्रकार भेटघाटमा राप्रपा नेपालका अध्यक्ष थापाले राजतन्त्रको एजेन्डा त्यागे राप्रपा नेपालले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग एकता गर्न सकिने बताउनुभएपछि राप्रपा प्रवक्ता श्रेष्ठले त्यस्तो प्रश्न गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “कमल थापाज्युलाई शालिनतापूर्वक एउटा प्रश्न सोध्न चाहन्छु– एमालेले के त्यागेमा एमालेसँग, माओवादीले के त्यागे माओवादीसँग र कांग्रेसले के त्यागे कांग्रेससँग एकता गर्नुहुन्छ ?”

लिङ्देन नेतृत्वको राप्रपाले राजतन्त्र र हिन्दू राष्ट्रको पुनःस्थापनालाई आफ्नो मुख्य एजेन्डा बनाएको छ भने थापा नेतृत्वको राप्रपा नेपालले हिन्दू राष्ट्रको पुनःस्थापनामा जोड दिए पनि राजतन्त्रको पुनःस्थापनाको एजेन्डलाई परित्याग गरेको छ ।

बुटवलमा अध्यक्ष थापाले जनतालाई राजतन्त्र पुनःस्थापना हुन्छ भनेर अब भ्रममा पार्न नहुने भन्दै आफ्नो पार्टीले राजतन्त्रको एजेन्डासमेत छाडेको बताउनुभएको थियो । राजतन्त्रका लागि अब सती जान नसक्ने उहाँको भनाइ थियो ।

राप्रपाका प्रवक्ता श्रेष्ठले राजतन्त्रको एजेन्डा त्याग गरिसकेका अध्यक्ष थापालाई प्रश्न गर्नुभयो, “पछिल्लो कार्यनीतिअनुसार वैचारिकरुपमा राप्रपासँग भन्दा तपाईंको निकटता कांग्रेस, एमाले र माओवादीसंग होइन र र?”