• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

राजतन्त्रको एजेन्डा छोडे राप्रपा संग एकता: कमल थापा



बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नेपालमा अब राजतन्त्र पुनःस्थापना हुने सम्भावना सकिएको बताउनुभएको छ । बुटवलमा राप्रपा नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष थापाले जनतालाई राजतन्त्र पुनःस्थापना हुन्छ भनेर अब भ्रममा पार्न नहुने भन्दै उहाँले आफ्नो पार्टीले राजतन्त्रको एजेन्डासमेत छाडेको बताउनुभयो । राजतन्त्रका लागि अब सती जान नसक्ने उहाँको भनाइ थियो । हिन्दू राष्ट्र पुनःस्थापना, लोकतन्त्र र राष्ट्रियता आफ्नो पार्टीको मुख्य एजेन्डा रहेको उहाँले बताउनुभयो ।

अध्यक्ष थापाले राजेन्द्र लिङ्देनले राजतन्त्रको एजेन्डा छोडे आफ्नो पार्टी राप्रपासँग एकता गर्न तयार रहेको पनि बताउनुभयो ।

अध्यक्ष थापाले नेपालमा धर्म निरपेक्षता वा हिन्दू राष्ट्रका विषयमा जनमत संग्रह हुनुपर्ने माग गर्नुभयो । उहाँका अनुसार सकेसम्म सहमति कायम गरी संविधान संशोधन गरेर सनातन हिन्दू राष्ट्र घोषणा हुनुपर्छ, सहमति हुन नसके जनमत संग्रहमा जानुपर्छ ।

हिन्दू राष्ट्र पुनःस्थापनाका लागि आफ्नो पार्टीले आगामी भदौदेखि देशव्यापी संघर्षको कार्यक्रम सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो । अध्यक्ष थापाले मुलकुमा अब शासकीय स्वरुप र निर्वाचन प्रणाली फेर्नुपर्ने पनि बताउनु भयो ।

पत्रकार भेटघाटमा अध्यक्ष थापाले परम्परागत संसदीय व्यवस्थाबाट दुई तिहाइको बहुमत सरकार बनाउँदा पनि दलहरुले स्थिर सरकार चलाउन नसकेकाले अब शासकीय स्वरुप र निर्वाचन प्रणाली नै परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

उहाँका अनुसार अब जनतनाबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गर्नुपर्छ । उहाँले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री नहुँदा सांसद किनबेच, पाँच वर्षसम्म प्रधानमन्त्री र सरकार नटिक्ने जस्ता विकृति दोहोरिरहेकाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री उपयुक्त हुने बताउनुभयो ।

अहिलेको मिश्रित निर्वाचन प्रणाली महँगो हुँदै गएकाले यसबाट भ्रष्टाचारलगायतका विकृतिसमेत देखिएको उहाँको भनाइ थियो । कम खर्चिलो निर्वाचन प्रणालीका लागि समानुपातिक निर्वाचन प्रणाली उत्तम हुने उहाँको तर्क थियो ।