५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको पञ्जावमा ९ जनाको गोली हानी हत्या



अ+ अ-

इस्लामावाद । पाकिस्तानको पञ्जाव प्रान्तमा अलग अलग स्थानमा भएका गोली प्रहारमा परेर कम्तीमा पनि नौ जनाको ज्यान गएको छ । गएको २४ घन्टा यता भएका ती हमलाहरुमा नौ जनाको हत्या भएको प्रहरीले जनाएको छ ।

अज्ञात समूहले बुधबार यहाँका विभिन्न स्थानमा अन्धाधुन्ध गोली हानेको जनाएको हो । पञ्जाव प्रान्तको शिखुपुरा जिल्लामा गोली हानेर चार जनाको हत्या गरिएको प्रहरीले जनाएको छ । सो स्थानमा बुधबार अपराह्न सवारी साधनमै गोली हानेर चार जना यात्रुको हत्या गरिएको प्रहरीले जनाएको छ ।

सडकमै गोली प्रहार गरेर चार जनाको हत्या गरेको सो अज्ञात व्यक्ति भाग्न सफल भएको प्रहरीले जनाएको छ । प्रहरीले खोजी अभियानलाई जारी राखेको भए पनि बुधबार रातिसम्म पक्राउ गर्न सकेको छैन ।

त्यसैगरी पञ्जाव राज्यको भवलपुर जिल्लामा पनि भ्यानमा यात्रा गरिरहेका यात्रुमाथि गोली चलाइएको थियो । त्यसमा परेर पाँच जना मारिएका थिए ।सो घटनामा संलग्नको पनि प्रहरीले खोजी जारी राखेको बताएको छ । सडकमा गुडिरहेको भ्यानमा एक अज्ञात व्यक्तिले गोली हानेर भागेको थियो ।




भर्खरै