८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान



अ+ अ-

प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले जंगी अड्‌डामा आयोजित एक कार्यक्रममा उपरथी दर्जाको सैनिकलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७९ जेठ २३ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति हुनु भएका सैनिकलाई आज दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो । सहायक रथी श्री दिपक कुमार बानियाँ, सहायक रथी श्री होमनाथ दवाडी र सहायक रथी श्री यामप्रसाद ढकालले दर्ज्यानी चिन्ह पाउनुभएको छ ।

पदोन्नती हुनु भएका उपरथी श्री दिपक कुमार बानियाँ श्री नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्षमा नियुक्ति हुनुभएको छ । त्यसैगरी उपरथी श्री होमनाथ दवाडी श्री निरीक्षणाधिकृत विभागका विभागीय प्रमुखमा र उपरथी श्री यामप्रसाद ढकाल श्री युद्ध-मद्दती तथा युद्ध-सेवा मद्दती विभागका विभागीय प्रमुखमा नियुक्ति हुनुभएको छ ।

नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको उक्त दर्ज्यानी चिन्ह प्रदान कार्यक्रममा, मन्त्रीपरिषद्को सोही निर्णय बमोजिम सहायक रथी दर्जामा पदोन्नती हुनु भएका दुई जना महा सेनानीहरुलाई प्रधान सेनापति महारथी शर्माले सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको थियो ।