२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तालिबान शासनमा महिला अधिकार उल्लङ्घनका घटना बढे



अ+ अ-

काबुल । अफगानिस्तानमा तालिबानको शासनमा महिला अधिकार उल्लङ्घनका घटना वृद्धि भएकामा मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाच (एचआरडब्लू) ले गम्भीर चिन्ता व्यक्त गरेको छ ।

तालिबानले महिला अधिकारको सम्मान गर्ने सार्वजनिक प्रतिबद्धता पूरा नगरेको, उनीहरूलाई अत्यावश्यक बाहेक आफ्नो घरबाट बाहिर ननिस्कन र अनुहारसहित सम्पूर्ण शरीर ढाकेर मात्र निस्कन उर्दी जारी गरेकामा त्यसको निन्दा गर्दै एचआरडब्लूले तालिबानले गरेको महिला अधिकार उल्लङ्घनको सूची लामो र बढ्दै गएको बताएको हो ।

महिलाहरूलाई घरबाहिरका काममा र किशोरीहरूलाई माध्यमिक शिक्षामा लगाइएको प्रतिबन्धको आलोचना गर्दै एचआरडब्लूले महिला र बालिकालाई हिंसाबाट जोगाउने प्रणालीलाई भत्काइएको र उनीहरूलाई स्वास्थ्य सेवा पाउन कठिन भएको जनाएको छ ।

तालिबानले सत्ता कब्जापछि महिला र किशोरीहरूमाथि गरेका दुव्र्यवहारको अन्तर्राष्ट्रिय र क्षेत्रीय सङ्गठनहरूले निन्दा गर्दै वक्तव्य निकाले पनि महिला र बालिकाहरूको अधिकार रक्षा तालिवानका दुव्र्यवहार अन्त्य गर्न दवाव नदिएको उक्त संस्थाले बताएको छ ।