७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

असार मसान्तसम्ममा मल उपलब्ध हुन्छ– कृषि मन्त्रालय



अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलमा देखिएको अभाव आगामी असार मसान्तदेखि समाधान हुने बताएको छ ।

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै साल्ट ट्रेडिङ कर्पोरेशनले खरिद गर्नेमध्ये २० हजार मेट्रिक टन डीएपी प्राप्त भइरहेको र २२ हजार मेट्रिक टन युरिया यही जेठ अन्तिम सातादेखि प्राप्त हुन सुरु हुने जनाएको छ ।

त्यसैगरी कृषि सामग्री कम्पनी लिमिटेडले खरिद गर्नेमध्ये ३० हजार मेट्रिक टन युरिया असार दोस्रो सातादेखि प्राप्त हुनेछ भने २० हजार मेट्रिक टन डीएपी असारको तेस्रो सातादेखि प्राप्त हुनेछ । मन्त्रालयका अनुसार २० हजार मेट्रिक टन डीएपी असारको अन्तिम सातामा प्राप्त हुन थाल्नेछ ।

असार मसान्तसम्ममा भारतसँगको जीटुजी माध्यमबाट भारतबाट मल खरिदअन्तर्गत ५० हजार मेट्रिक टन युरिया र ३० हजार मेट्रिक टन डीएपी प्राप्त हुनेछ ।

मन्त्रालयले रासायनिक मल तथा इन्धनको प्रमुख उत्पादन क्षेत्रका रुपमा रहेको रुस–युक्रेन बीचको बढ्दो तनाव र पछिल्लो समयमा शुरु भएको युद्धले तथा कोभिड–१९ का कारणले बिथोलिएको रासायनिक मलको बजारमा थप बाधा थपेको विज्ञप्तिमा जनाएको छ ।

विज्ञप्तिमा कृषि सामग्री कम्पनी लिमिटेडका तर्फबाट एक लाख पाँच हजार मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेशनका तर्फबाट एक लाख १७ हजार मेट्रिक टन गरी कूल दुई लाख २२ हजार मेट्रिक टन रासायनिक मल विभिन्न आपूर्तिकर्ताहरुले सम्झौताको समयावधिमा उपलब्ध नगराउँदा आपूर्तिमा अभाव सिर्जना भएको उल्लेख छ ।

मन्त्रालयले समयावधिभित्र मल उलब्ध नगराउने त्यस्ता आपूर्तिकर्ताहरुको ठेक्का रद्द गरी कार्यवाही प्रक्रियामा समेत अगाडि बढाइएको बताएको छ ।