२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखको सरकारलाई निर्देशन : विनोद शाहीको मृत्युबारे सत्यतथ्य पत्ता लगाऊ



अ+ अ-

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले अछाम जिल्लाको पञ्चदेवल नगरपालिकाका विनोद शाहीको मृत्युबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा शाहीको मृत्युबारे अछाम निर्वाचन क्षेत्र २ का सांसद यज्ञ बोगटीले प्रश्न उठाएका थिए । उनले ९ दिनअघि पञ्चदेवल विनायक–४ का १५ वर्षीय शाहीको हत्या भए पनि प्रशासनले जाहेरी नलिएको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।

उनले शाहीको हत्या भइसकेपछि संसद्मा विशेष समय लिएर ध्यानाकर्षण गराउँदै जाहेरी दर्ता गरी हत्यारालाई कारबाही गर्न माग गरेको तर अहिलेसम्म प्रशासनमा जाहेरी दर्ता नभएको बताए । विशेष समयमा गृहमन्त्री बालकृष्ण खाणले न्यायीक रूपमा छानबिन हुने र हत्यारालाई कारबाही गरिने बताउनु भए पनि अहिलेसम्म जाहेरी दर्ता किन नभएको भनी प्रश्न गरे । उनले अहिलेसम्म शाहीको लास कुहिएको अवस्थामा रहेको बताए ।

घटनालाई राजनीतिक रङ दिन खोजिएको भन्दै विद्यार्थी मारिँदा राजनीतिक रङ दिन नहुने शाहले बताए । उनले राजनीतिक रङ देखिएकाले नै जाहेरी दर्ता नगरिएको आरोप लगाए ।

त्यसपछि सभामुख सापकोटाले सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारवाही गर्न सरकारलाई निर्देशन दिएका हुन् ।