१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखको सरकारलाई निर्देशन : विनोद शाहीको मृत्युबारे सत्यतथ्य पत्ता लगाऊ



अ+ अ-

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले अछाम जिल्लाको पञ्चदेवल नगरपालिकाका विनोद शाहीको मृत्युबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा शाहीको मृत्युबारे अछाम निर्वाचन क्षेत्र २ का सांसद यज्ञ बोगटीले प्रश्न उठाएका थिए । उनले ९ दिनअघि पञ्चदेवल विनायक–४ का १५ वर्षीय शाहीको हत्या भए पनि प्रशासनले जाहेरी नलिएको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।

उनले शाहीको हत्या भइसकेपछि संसद्मा विशेष समय लिएर ध्यानाकर्षण गराउँदै जाहेरी दर्ता गरी हत्यारालाई कारबाही गर्न माग गरेको तर अहिलेसम्म प्रशासनमा जाहेरी दर्ता नभएको बताए । विशेष समयमा गृहमन्त्री बालकृष्ण खाणले न्यायीक रूपमा छानबिन हुने र हत्यारालाई कारबाही गरिने बताउनु भए पनि अहिलेसम्म जाहेरी दर्ता किन नभएको भनी प्रश्न गरे । उनले अहिलेसम्म शाहीको लास कुहिएको अवस्थामा रहेको बताए ।

घटनालाई राजनीतिक रङ दिन खोजिएको भन्दै विद्यार्थी मारिँदा राजनीतिक रङ दिन नहुने शाहले बताए । उनले राजनीतिक रङ देखिएकाले नै जाहेरी दर्ता नगरिएको आरोप लगाए ।

त्यसपछि सभामुख सापकोटाले सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारवाही गर्न सरकारलाई निर्देशन दिएका हुन् ।