१ असार २०८३, सोमबार
,
Latest
सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ? अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्षपछि ६ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा एमाले कुनैपनि छानबिन र अग्नि परीक्षा सामना गर्न तयार छः सांसद बराल मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित सरकारको विकास बजेट कार्यान्वयन निराशाजनक, पुँजीगत खर्च लक्ष्यभन्दा धेरै पछाडि रोजगार सेवा केन्द्र र निजी क्षेत्रबीच सहकार्य बढाउन सरोकारवालाको जोड अनावश्यक रकम माग गरे तत्काल जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह सुर्खेतमा सामुदायिक वनको रकम हिनामिना गरेकाे आरोपमा तीन जनाविरुद्ध अख्तियारको मुद्दा जेन-जी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्धारित समयभित्रै कर नबुझाए सेवा रोक्का हुने



अ+ अ-

कञ्चनपुर । बेलौरी नगरपालिकामा तोकिएको समयावधिभित्र कर नबुझाउने करदाताको सेवा रोक्का गरिने भएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५८ र आर्थिक ऐन, २०७६ को नियम ७ ले दिएको अधिकारअनुसार नगर क्षेत्रभित्र सञ्चालनमा रहेका व्यवसायी, उद्योग, वित्तिय सङ्घसंस्था, कृषि तथा अन्य सहकारी संस्था, लघुवित्त वित्तिय संस्था, बीमा कम्पनी र अन्य व्यवसायीलाई वार्षिकरुपमा बुझाउनु पर्ने कर बुझाउन नगरपालिकाले आह्वान गरेको छ ।

कर बुझाउनका लागि नगरपालिकाले आगामी असारको २० गतेसम्म समय सीमा तोकेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशिला लेखकका अनुसार निर्धारित समयावधिमा कर नबुझाउने करदाताको सेवा सुविधा रोक्का गरिने छ ।

कोभिड–१९ महामारी र त्यसपछिको आर्थिक मन्दीले व्यापार व्यवसाय धराशायी भएका बेला स्थानीय सरकारले जारी गरेको सूचना प्रति स्थानीय करदाताले असन्तुष्टि पोख्नुभएको छ ।

“कोभिडका कारण धरायसी भएको व्यापार व्यवसाय भर्खरै जुर्मुराउन थालेको छ” स्थानीय करदाताले भन्नुभयो, “कर नतिर्ने होइन, कर तिर्नुपर्छ तर कर तिर्ने समय अवधि लम्बाइनुपर्छ ।”




भर्खरै