६ पुष २०८२, आईतवार
,
Latest
‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपेन्द्र यादव : गठबन्धनमा आए लोसपालाई स्वागत गर्छौं



फाइल फोटो
अ+ अ-

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पाँच दलीय सत्ता गठबन्धनमा सहभागी भए स्वागत गर्ने बताएका छन् ।

जनकपुरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले लोसपालाई पाँच दलीय गठबन्धनमा स्वागत गर्न आफूहरु खुला रहेको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनमा सहभागी गराउन लोसपाका नेताहरुसँग छलफल अगाडि बढाइरहनुभएको छ ।

मधेशको मत बाँडिदा मधेशलाई नै नोक्सान हुने भन्दै अध्यक्ष यादवले वर्तमान अवस्थामा फुटेर नभई जुटेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए । यद्यपि अब हिजोको गल्ती सच्याएर बढ्नुपर्ने उनको भनाइ थियो । मंगलबार जनकपुरमै आयोजित एक कार्यक्रममा उनले लोसपाका नेताहरुलाई एकतामा आउन आह्वान गरेका थिए ।

नाफा घाटाको हिसाब नहेरी पाँच दलीय सत्ता गठबन्धन आगामी प्रदेश र संघीय निर्वाचनसम्म कायम रहनुपर्ने उनको भनाइ थियो ।