२७ मंसिर २०८२, शनिबार
,
Latest
आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरको कार्यपालिका सदस्यमा आठ प्रतिनिधि निर्वाचित



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यपालिका सदस्यमा आठ प्रतिनिधि निर्वाचित हुनुभएको छ । मंगलबार राष्ट्रिय सभागृहमा सम्पन्न निर्वाचनबाट उहाँहरु निर्वाचित हुनुभएको हो ।

नगर कार्यपालिकाको महिला सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवार मीना सुनार, मीना सिंह, कञ्चना नेपाली हरिजन र ललिता खड्गी तथा नेकपा (एकीकृत समाजवादी) की मैयाँलक्ष्मी महर्जन निर्वाचित हुनुभएको छ । दलित वा अल्पसङ्ख्यकतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विनोद अछामी र महेश नेपाली तथा नेकपा (माओवादी केन्द्र) का अनिता कार्की ढोली निर्वाचित हुनुभएको छ ।

निर्वाचन कार्यक्रमअन्तर्गत मंगलबार नै मतदान गरिएको थियो । गएको वैशाख ३१ गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट काठमाडौँ महानगरका लागि निर्वाचित जनप्रतिनिधि मतदाता रहेको निर्वाचनमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डङ्गोलसहित १६० जना सबै सदस्यले मतदान गर्नुभएको थियो ।

प्रमुख र उपप्रमुखसहित १६२ मतदाता हुनुपर्नेमा वडा २४ र २५ मा दलित महिला सदस्य पदका लागि कसैको पनि उम्मेदवारी नपरेकाले प्रमुख उपप्रमुखसहित मतदाताको सङ्ख्या १६० भएको हो । निर्वाचन परिणामपछि महानगरको कार्यपालिका सदस्य सङ्ख्या ४२ भएको छ । यसमा प्रमुख र उपप्रमुख, ३२ जना वडाध्यक्ष र आठ जना कार्यपालिका सदस्य हुनुहुन्छ ।

निर्वाचनपछि मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले निर्वाचन परिणाम सार्वजनिक गर्नुभएको थियो । निर्वाचित जनप्रतिनिधिलाई भोलि दिउँसो १ बजे प्रमाणपत्र वितरण गर्ने कार्यक्रम छ ।