१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन

सबै सवारी साधनमा इम्बोस्ड अनिवार्य गरेका छैनौंः यातायात व्यवस्था विभाग

सबै सवारी साधनमा इम्बोस्ड अनिवार्य गरेका छैनौंः यातायात व्यवस्था विभाग
अ अ+ अ-

काटमाडौं । यातायात व्यवस्था विभागले साउन १ गतेभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट राख्ने कुरा नगरेको स्पष्ट पारेको छ ।

मंगलवार पत्रकार सम्मेलन गर्दै विभागले साउन १ गतेभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट राख्न सूचना जारी नगरिएको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक नमराज घिमिरेले विभागले आफ्नो नियमित कार्यतालिका अनुसार सूचना प्रकाशित गरेको बताउनु भयो । उहाँले २०७८ मंसिर १ गतेबाट नयाँ दर्ता हुने, फागुन १ गतेबाट नामसारी भएर आउने नयाँ र २०७९ जेठ १ गतेबाट नविकरण गर्न जाँदा इम्बोस्ड नम्बर प्लेट अनिर्वाय गरिएअनुसार जडान भए नभएको अनुगमन गर्ने सूचना आएको दाबी गर्नुभयो । महानिर्देशक घिमिरले बाहिर हल्ला भएजस्तो विभागले किटान गरेर साउन १ गते भित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्न नभनेको उल्लेख गर्नुभयो ।

उहाँले विभागले यसअघि २०७८ साल कात्तिक २२ गते राजपत्रमा प्रकाशित सूचनामा तत्कालिन अवस्थामा नाम तोकिएका पाँच वटा प्रदेशमा २०७८ मंसिर १ गतेबाट नयाँ दर्ता हुने सवारी साधनहरुमा इम्बोस्ड नम्बर प्रयोग गर्ने भनिएअनुसार विभाग अघि बढेको बताउनु भयो । इम्बोस्ड नम्बर प्लेट नियमित कार्यतालिका अनुसार जसको लागि अनिवार्य गरिएको थियो उनीहरुले जडान गरेको छ वा छैन भन्ने कुरा विभागले अनुगमन गर्ने भनिएको भन्दै महानिर्देशक घिमिरेले साउन १ गते भित्रमा सबै २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट लगाइसक्ने भन्ने सूचना गलत भएको बताउनु भयो । त्यस्तै उहाँले इम्बोस्ड नम्बर प्लेट जडानको लागि विभागले सम्पूर्ण पूर्वाधार तयारी पारेको जिकिर गर्नुभयो । महानिर्देशक घिमिरेले मुख्य पूर्वाधार भनेको नम्बर प्लेट उत्पादन, उत्पादनको काम र जडान गर्न यातायात व्यवस्था कार्यालय वा जनशक्ति समेत व्यवस्था गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘२०७९ जेठ २० गतेको सूचना यातायात विभागबाट वा नेपाल सरकारले २०७८ कात्तिक २२ गते राजपत्रमा प्रकाशन गरेको सूचनाको फलोअप सूचना मात्रै थियो । २०७८ कात्तिक २२ गते राजपत्रमा सूचना निकाल्दा तत्कालीन अवस्थामा नाम तोकिएका पाँच वटा प्रदेश वागमती,गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशमा २०७८ मंसिर १ गतेबाट नयाँ दर्ता हुने सवारी साधनहरुमा इम्बोस्ड नम्बर प्रयोग गर्ने भनिएको थियो । २०७८ फागुन १ गतेबाट नामसारी भएर आउने नयाँ सवारीसाधनहरु जुन पुराना सवारीसाधन किनबेच भएर नामसारी भएर आएको हुन्छ । ती सवारीसाधनहरुमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको थियो भने २०७९ जेठ १ गतेबाट नविकरण गर्न जाँदा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको थियो ।

अहिले आएको पछिल्लो सूचना २०७९ जेठ २० गतेको सूचना हो, त्यही सूचना अनुसारको अनुगमन गर्ने भन्ने विषयमा आएको हो । अर्थात् आगामी साउन १ गतेबाट विभागले अनुगमन गर्दा २०७८ साल कात्तिक २२ गतेको सूचना बमोजिम २०७८ मंसिर १ गतेपछि दर्ता भएका, फागुनबाट नामसारी भएका र जेठ १ गतेबाट नविकरण भएका सवारीसाधनहरुमा इम्बोस्ड नम्बर प्लेट जडान भएको छ की छैन भनेर अनुगमन गर्ने भनिएको हो । यसको अर्थ २०७९ साउन १ गते बाट २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट लगाइसक्ने भनिएको होइन ।

यो कुरा स्पष्ट गर्न चाहान्छु । त्यसैले इम्बोस्ड नम्बर प्लेटको नियमित कार्यतालिका हो । त्यो नियमित कार्यतालिकामा जसजसको लागि अनिवार्य गरिएको थियो । उहाँहरुले इम्बोस्ड नम्बर प्लेट जडान गर्नुभएको छ की छैन भनेर विभागले अनुगमन गर्ने भनिएको हो । साउन १ गतेभित्रमा सबै २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट लगाइसक्ने भनिएको होइन । यसको पूर्वाधार तयारीको कुरा उठेको छ । यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडान गर्नको लागि सम्पूर्ण पूर्वाधारहरु तयार गरिसकेको छ । मुख्य पूर्वाधार भनेको नम्बर प्लेट उत्पादन हो । जडान गर्न यातायात व्यवस्था कार्यालय वा जनशक्ति उपलब्ध गराउने विषय हो । यो विषय गण्डकी प्रदेश र वागमती प्रदेशको हकमा तयारी पूरा भइसकेको हुनाले पछिल्लो सूचनामा गण्डकी र वागमती प्रदेशलाई मुख्य फोकस गरेर सूचना आएको हो ।

त्यसैले गण्डकी र वागमती प्रदेशमा चार पाङ्ग्रे वा सो भन्दा ठूला सवारी साधन र गुर्जुधारामा दुई पाङ्ग्रे सवारीसाधनको लागि जडान तयारी पूरा भएको छ भने गण्डकी प्रदेशको पोखरामा पूर्वाधार तयार भएको छ । अब निकट भविष्यमा लुम्बिनी प्रदेशमा बुटवलमा, वागमती प्रदेशको थप हेटौँडामा अन्य प्रदेशमा पनि इम्बोस्ड नम्बर प्लेट जडानको लागि आवश्यक अनुसार पूर्वाधार तयार गरिँदै लगिएको छ । गण्डकी र वागमतीका सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने भन्ने सूचना सही होइन ।’

महानिर्देशक घिमिरेले गण्डकी प्रदेश र वागमती प्रदेशमा इम्बोस्ड नम्बर प्लेट जडानको तयारी पूरा भइसकेकाले पछिल्लो सूचनामा गण्डकी र वागमती प्रदेशलाई मुख्य फोकस गरिएको बताउनु भयो । उहाँले गण्डकी र वागमती प्रदेशमा चार पाङ्ग्रे वा सो भन्दा ठूला सवारी साधन र गुर्जुधारामा दुई पाङ्ग्रे सवारीसाधनको लागि जडान तयारी पूरा भएको बताउनु भयो ।

गण्डकी प्रदेशको पोखरामा पूर्वाधार तयार भएको घिमिरेको भनाई छ । उहाँका अनुसार अब निकट भविष्यमा लुम्बिनी प्रदेशमा बुटवलमा, वागमती प्रदेशको थप हेटौँडामा अन्य प्रदेशमा पनि इम्बोस्ड नम्बर प्लेट जडानको लागि आवश्यकअनुसार विभागले पूर्वाधार तयार गरिरहेको बताउनु भयो । महानिर्देशक घिमिरेले गण्डकी र वागमती प्रदेशका सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने भन्ने सूचना गलत रहेको दाबी गर्नुभयो ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2022/06/yatayat-embossed-plate22.pdf”]