१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बर्दियामा गोली चलाउने आदेश थिएन – गृहमन्त्री

बर्दियामा गोली चलाउने आदेश थिएन – गृहमन्त्री
अ अ+ अ-

काठमाडौं । गृहमन्त्री बालकृण खाँणले यौन हिंसालाई दुरुत्साहन गर्न यस सम्बन्धी कानूनहरुलाई संशोधन गर्न सरकार सकारात्मक रहेको बताउनुभएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री खाँणले वलात्कार तथा यौन हिंसाको घटनाले प्रश्रय पाउनु नहुने बताउनुभयो । उहाँले यौन हिंसालाई दुरुत्साहन गर्न तथा वलात्कारमा प्रताडित भएका नारीहरुलाई सम्मानजनक जिवन जिउनका लागि आवश्यक पर्ने कानूनी प्रावधानहरुलाई संशोधन गर्न सरकार सकारात्मक रहेको बताउनुभयो । उहाँले वलात्कारका घटनामा संलग्न पीडकलाई हदै सम्मको सजायको माग गरिने पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘यस्तो सामुहिक वलात्कार, यौनहिंसा, वलात्कारले प्रश्रय नपाओस् । त्यसका लागि यो घटनामा सहभागि भएकाहरुलाई हदै सम्मको सजायको माग गरी त्यही अनुसार नै आवश्यक निर्णय हुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहान्छु । माननीयज्यूहरुले भनेजस्तै यौन हिंसालाई कसरी दुरुत्साहन गर्ने, वलात्कार र सामुहिक वलात्कारमा प्रताडित भएका नारीहरुलाई सम्मानजनक जिवन जिउनका लागि वातावरण तयार गर्नुपर्ने त्यसका लागि आवश्यक प¥यो भने अहिलेको कानूनी प्रावधानहरु छ । ति कानूनी प्रावधानहरुलाई पनि हामीले संशोधन गर्नुपर्ने, परिमार्जन गर्नुपर्ने आवाजहरु उठिरहेको छ । ति विचारहरुसँग म सकारात्मक धारणा राख्न चाहान्छु । नेपाल सरकारले पनि सम्बन्धित कानूनहरुलाई परिमार्जन गर्ने सन्दर्भमा हामी सकारात्मक छौँ । त्यसमा अगाडी बढ्न सकिन्छ भन्ने विश्वास व्यक्त गर्न चाहान्छु ।’

उहाँले बाँके जिल्लाको राप्ती सोनारी निवासी १६ वर्षकी युवतीमाथि ७ जना युवाहरुले सामुहिक वलात्कार गरेको घटनाको सम्बन्धमा आरोपीहरुलाई पक्राउ गरी आवश्यक कानूनी प्रक्रिया अगाडी बढाइएको जानकारी दिनुभयो । मन्त्री खाँणले यौन हिंसाको सम्बन्धमा विद्यालयको पाठ्यपुस्तकमै राखेर हिंसाबाट बच्न र हिंसा भएमा कानूनी कारबाही हुने बारेमा जानकारी दिइनुपर्ने बताउनुभयो ।

त्यस्तै गृहमन्त्री खाँणले बर्दिया जिल्लामा प्रहरीले चलाएको गोलीबाट एक जनाको निधन भएकोप्रति छानविन गर्न सरकारले छानविन समिति बनाएको बताउनुभयो । सो घटनाको छानविन गर्न गृहमन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा वन तथा वातावरण मन्त्रालयका उपमहानिर्देशक वेदकुमार ढकाल, नेपाल प्रहरीका प्रहरी उपरिक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रव खड्का रहेको पाँच सदस्यीय छानविन समिति बनाइएको उहाँले जानकारी दिनुभयो । उहाँले नागरिकहरुले गर्ने अवरोध र भीडभाडमा गोली चलाउन सरकारले आदेश नदिने स्पष्ट पार्नुभयो । सो घटनामा पनि गोली चलाउनका लागि आदेश नदिइएको उहाँले बताउनुभयो । नागरिकहरुको आन्दोलनलाई सर्वपक्षिय या सर्वदलिय छलफल गरेर समस्या सम्बोधन गर्न लाग्ने सरकारको नीति रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘त्यहाँको प्रमुख जिल्ला अधिकारीले गोली चलाउन नदिएको उहाँको धारणा छ । नागरिकहरुको यस्तो अवरोधहरु, भीडहरुमा गोलि चलाउने अहिले आदेश छदैँ छैन । म यो रोष्टमबाट भन्न चाहान्छु । नेपाल सरकारको, गृहमन्त्रालयको निर्देशन सम्झाइबुझाइ गर्ने । बरु सर्वपक्षिय या सर्वदलिय मिटिङहरु गरेर समस्यालाई सम्बोधन गर्ने । कमभन्दा कम शक्ति प्रयोग गर्ने । गोली प्रहार गर्ने त आदेश नै छैन । त्यहाँ सिडियोले पनि स्थानीय तहमा आदेश दिएको थिएन भन्नुहुन्छ उहाँ । तर त्यहाँ गोली चलेको छ ।’

उहाँले छानविन समितिले दिएको रिपोर्ट अनुसार गल्ती गर्नेलाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नागरिकको जिवन रक्षा सरकारको पहिलो दायित्व भएको उहाँले बताउनुभयो ।