५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यव्यवस्था परामर्श समिति बैठकः बुधबारको संसद बैठकदेखि शुन्य समयलाई पनि निरन्तरता दिइने



प्रतिनिधिसभा बैठक
अ+ अ-

काठमाडौँ । कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबारको प्रतिनिधि सभा बैठकदेखि शुन्य समयलाई पनि निरन्तरता दिने निर्णय गरेको छ ।

मंगलबारको कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबारको प्रतिनिधि सभा बैठकदेखि शुन्य समय पनि सञ्चालन गर्ने र बजेट पारित भइसकेपछि विशेष समय पनि सञ्चालन गर्ने निर्णय गरेको हो । त्यसैगरी ठुला मन्त्रालयहरुको विनियोजन विधेयकमाथि छलफल गर्नका लागि पर्याप्त समय छुट्याउने निर्णय गरेको संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘मन्त्रालयहरुको विनियोजन विधेयकमा मन्त्रालयगत जुन छलफल चल्नेछ । त्यो छलफललाई व्यवस्थित गर्नेगरी कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल भयो । त्यसैगरी शुन्य समय र विशेष समय सञ्चालन गर्नको लागि पनि आजको एजेण्डामा छलफल भएको छ । भोलीदेखि सम्भवत्ः शुन्य समय निरन्तर अगाडी बढ्छ । यो बजेट पास भइसकेपछि र बजेटको कार्यक्रम सकिइसकेपछि अनि विशेष समयलाई पनि सञ्चालन गर्ने भन्नेकुरा समझदारी बनेको छ । मन्त्रालयगत छलफललाई व्यवस्थित बनाउनका लागि ठुला–ठुला मन्त्रालयहरुको छलफलको समय अभाव भयो भन्ने माननीय सदस्यहरुको माग जुन छ, त्यसको लागि मन्त्रालयको संख्या घटाउने । र दिनमा समय लम्व्याउने । लामो समयसम्म छलफललाई उपलब्ध गराउने भन्नेखालको समझदारी बनेर आज टुंगिएको छ ।’

मंगलबारको प्रतिनिधि सभा बैठक सुरु भइसकेको छ ।