१४ भाद्र २०८३, आईतवार
,
Latest
इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ… भर्जिनियाको ‘हाम्रो भजन समूह’द्वारा बाढीपीडितका लागि रु. ५ लाखभन्दा बढी सहयोग ‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार समक्ष लोसपाको ११ बुँदे ज्ञापनपत्र, रेशम चौधरीको रिहाईको माग



तस्वीरः प्रम कार्यालय
अ+ अ-

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले ११ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर लोसपाका नेताहरूले नागरिकता विधेयक, मधेस तथा थरुहट आन्दोलनकारीमाथि लागेका मुद्दा फिर्ता र रिहाइ तथा सम्झौता कार्यान्वयन लगायतका माग समेटिएको ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा संविधानअनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई अबिलम्ब नागरिकता प्रमाणपत्र प्रदान गर्न र वैवाहिक अंगीकृतसम्बन्धी हालसम्म कायम रहेको कानुनी व्यवस्थालाई निरन्तरता दिन माग गरिएको छ ।

त्यस्तै, मधेस र थरुहट आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ता र निलम्बित सांसद रेशम चौधरीलाई रिहाइको माग गर्नुका साथै किसानलाई मलखादको व्यवस्था अविलम्ब गर्न सरकारसँग माग गरेको छ ।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन अध्यक्ष ठाकुर, नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण, अनिल झा, उमाशंकर अरगरिया, चन्दा चौधरी लगायत बालुवाटार पुग्नु भएको थियो ।

प्रधानमन्त्री देउवासँग केही दिनअघि जसपा अध्यक्ष महन्थ ठाकुरले बालुवाटारमै गएर भेटघाट गर्नु भएको थियो । पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टीसँग प्रधानमन्त्री देउवाको बाक्लै भेटघाट र वार्ता हुनेक्रम बढेको छ । खासगरी सत्ता गठबन्धनमा सहभागी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले आफ्ना मागहरु बढाउन थालेपछि लोसपासँग वार्ताहरु घनीभूत हुन थालेको जानकारहरु बताउँछन् ।