२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेशको समष्टिगत आर्थिक गतिविधिमा सुधार आयोः राष्ट्र बैंक



गण्डकी प्रदेश
अ+ अ-

काठमाडौंः पर्यटन क्षेत्रको प्रचूर संभावना रहेको गण्डकी प्रदेशमा कृषि, उद्योग, यातायात र पर्यटन लगायतका क्षेत्रको समष्टिगत आर्थिक गतिविधिमा सुधार आएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा (साउनदेखि पुससम्म) गरेको स्थलगत र गैरस्थलगत अध्ययनले कोरोना महामारीबाट सिर्जित समस्या क्रमशः न्यून हुँदै गएको देखिएको छ । गण्डकी प्रदेशका ११ जिल्लाको अध्ययनबाट उक्त निचोड निस्किएको बैंकको भनाई छ ।

कृषि क्षेत्र

आर्थिक वर्ष २०७८/७९ को प्रथम अर्धवार्षिक अवधिमा गण्डकी प्रदेशका ११ जिल्लाहरुमा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल ३.८ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा धान, मकै, कोदो, र तेलहनले ढाकेको क्षेत्रफलमा वृद्धि भएकोछ भने आलु, उखु, भटमास र दलहन खेती गरिएको क्षेत्रफल घटेको छ ।

त्यसैगरी, तरकारी तथा बागवानीले ढाकेको क्षेत्रफल ४.६ प्रतिशतले घटेकोछ भने फलफूल तथा मसलाबालीले ढाकेको क्षेत्रफल ३.७ प्रतिशतले वृद्धि भएको छ । यसमध्ये स्याउ, केरा र सुन्तला खेती गरिएको क्षेत्रफलमा क्रमशः ५.८ प्रतिशत, ३.६ प्रतिशत र ३.४ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिमा खाद्य तथा अन्य बालीको उत्पादन २.८ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा फापर (८.५ प्रतिशत), मकै (५.१ प्रतिशत), धान (२.३ प्रतिशत), कोदो (२ प्रतिशत), तेलहन (१.५ प्रतिशत), उखु (०.८ प्रतिशत) र आलु (०.२ प्रतिशत) को उत्पादन बढेको छ भने भटमास र दलहनको उत्पादनमा भने केही ह्रास आएको छ ।

पशुजन्य उत्पादनतर्फ; अण्डाको उत्पादन १५.२ प्रतिशत, माछाको उत्पादन १.४ प्रतिशत, मासुको उत्पादन ०.४ प्रतिशत र दुधको उत्पादन ०.३ प्रतिशतले वृद्धि भएको छ । वनजन्य उत्पादनतर्फ काठको उत्पादन ३८.६ प्रतिशतले वृद्धि भएको छ ।

२०७८ पुष मसान्तमा गण्डकी प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुले कृषि, वन र माछापालन क्षेत्रमा रु.२९ अर्ब ५४ करोड कर्जा लगानी गरेका छन् जुन यस प्रदेशमा प्रवाहित कुल कर्जाको ८.४ प्रतिशत हुन आउँछ ।

उद्योग क्षेत्र

समीक्षा अवधिमा अध्ययनमा समेटिएका उद्योगहरुको औसत उत्पादन क्षमता उपयोग ४२.७ प्रतिशत रहेको छ ।

औद्योगिक उत्पादनतर्फ तोरीको तेल, विस्कुट, चुरोट, औषधि र सिमेन्टको उत्पादनमा वृद्धि भएको छ भने दुध, चक्लेट, चाउचाउ, वियर र इट्टाको उत्पादनमा ह्रास आएको छ ।

२०७८ पुष मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुले गण्डकी प्रदेशमा प्रवाहित कुल कर्जाको १४.५ प्रतिशत अर्थात् रू. ५० अर्ब ९२ करोड कर्जा रकम औद्योगिक क्षेत्रमा लगानी गरेका छन् ।

सेवा क्षेत्र

२०७८ पुष मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालन २०७८ असार मसान्तको तुलनामा १.८ प्रतिशतले वृद्धि भई रु.३ खर्ब ७५ अर्ब ३ करोड पुगेको छ । कुल कर्जा प्रवाह भने ११.१ प्रतिशतले वृद्धि भई रु.३ खर्ब ५० अर्ब ७४ करोड पुगेको छ ।

पूर्वाधार क्षेत्र

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य करिव ९१ प्रतिशत सम्पन्न भएको छ ।

मध्य पहाडी लोकमार्गको गोरखा–लमजुङ खण्डको करिब १११ कि.मि. सडक निर्माणमध्ये ५६ प्रतिशत र कास्की–पर्वत–बाग्लुङ खण्डको करिब २४५ कि.मि.मध्ये ८५ प्रतिशत कार्य सम्पन्न भएको छ ।

यस प्रदेशमा ४६ जलविद्युत् आयोजनाहरुबाट ५९३ मेगावाट जलविद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । नेपालको कुल जलविद्युत् उत्पादनमा यस प्रदेशको योगदान २८.२ प्रतिशत रहेकोछ । गण्डकी प्रदेशमा हाल ७३७ मेगावाट क्षमताका ३६ जलविद्युत् आयोजनाहरु निर्माणाधिन अवस्थामा रहेका छन् ।