१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दी जिससको निर्वाचन असार ५ मा



अ+ अ-

बेनी । स्थानीय तह निर्वाचनअन्तर्गत जिल्ला समन्वय समिति म्याग्दीको निर्वाचन आगामी असार ५ गते हुने भएको छ । जिल्ला सभाको निर्णयानुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले सो दिन निर्वाचन गर्ने गरी समयतालिका सार्वजानिक गरेको हो ।

जिल्लामा जिससको प्रमुख उपप्रमुखसहित नौ सदस्यीय समितिका लागि निर्वाचन हुने भएको हो । मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जेठ २३ गते मतदाता नामावली प्रकाशन गर्ने, २४ गते मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने, २५ गते संशोधित मतदाताको नामावली प्रकाशन गर्ने, २६ गते मतदाताको विरोधमा उजुरी दिने, २७ गते उजुरीउपर जाँचबुझ गर्ने र २८ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक गरेका छन् ।

यसैगरी असार १ गते उम्मेदवारको मनोनयन दर्तासँगै उम्मेदवारको सूची प्रकाशन गर्ने तालिका रहेको छ । २ गते उम्मेदवारउपर उजुरी, सोही दिन जाँच र उजुरीउपर निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, ३ गते उम्मेदवारको नाम फिर्ता, अन्तिम नामावली प्रकाशनसँगै उम्मेदारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका छ ।

छ स्थानीय तह रहेको जिल्लामा निर्वाचित पालिका प्रमुख र उपप्रमुखको सङ्ख्याअनुसार जिससमा नेकपा (एमाले)को बहुमत देखिएको छ । निर्वाचन कार्यविधिअनुसार छ स्थानीय तहका प्रमुख र उपप्रमुखले जिल्ला समन्वय समिति निर्वाचनको मतदाता गर्नेछन् । जिल्ला समन्वय समितिका लागि १२ मतमध्ये सात मत एमालेको रहेको छ भने गठबन्धनतर्फ कांग्रेसको तीन मत र माओवादी केन्द्रको दुई मत रहेको छ ।

जिसस प्रमुखका लागि एमालेतर्फबाट पार्टीका जिल्ला सहसचिव एवं बेनी नगरपालिका वडा नं १ वडा सदस्यमा निर्वाचित राजकुमार थापालाई बनाउने निर्णय गरेको छ ।