८ भाद्र २०८३, सोमबार
,
Latest
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान प्रशासन जागिर हो%LS हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध पोखरा–जोमसोम हवाई उडान पुनः सुरु अरनिको राजमार्गको कोदारी खण्ड एक महिनापछि सञ्चालनमा, लिपिङमा पहिरो पन्छाउने कार्य अन्तिम चरणमा पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश गर्दैनः अर्जुननरसिंह केसी सरकार शान्ति सुरक्षाको मामिलामा लाचार देखियोः उपनेता अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

यमनमा २५ हुथी विद्रोही र २० सैनिकको मृत्यु



अ+ अ-

आदेन । यमनको आदेन क्षेत्रमा गएको २४ घन्टा यता भएका भिडन्तहरुमा परी कम्तीमा पनि २५ जना हुथी विद्रोही र २० जना यमनी सैनिकको ज्यान गएको छ । यमनको मध्य क्षेत्रीय प्रान्त अल बायदामा सो भिडन्त भएको थियो । उक्त क्षेत्रमा यहाँको सैनिकले हुथीहरुका विरुद्धमा कारबाही चलाएको थियो । 

यमनमा कतिपय नगरहरु हुथी विद्रोहीहरुले कब्जा गर्दै आएपछि सो मध्यक्षेत्रमा पनि उनीहरुले प्रभाव बढाउन थालेका छन् । यही सूचनाको आधारमा यहाँको सेनाले सो क्षेत्रमा कारबाही अघि बढाएको थियो । त्यसक्रममा भएका भिडन्तमा परेर ती सैनिक विद्रोही मारिएका हुन् ।
 
उता विद्रोहीहरुले पनि सेनामाथि आक्रमण गरेका थिए । त्यसक्रममा कम्तीमा पनि २० जना यमनी सैनिक मारिएका बताइएको छ । सो क्षेत्रमा केही समय यतादेखि विद्रोहीहरुले आफ्ना क्रियाकलापहरु बढाएका र सरकारका सुरक्षा निकायहरुले पनि निगरानी राखिरहेको बताइएको छ । (रासस÷सिन्ह्वा)